मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा. यादव

Published on

काठमाडौं । मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा डा। शिवराम यादव नियुक्त हुनुभएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले उहाँलाई आयोगको अध्यक्ष पदमा नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ ।

सिरहाको सिरहा नगरपालिका–१३ स्थित गम्भरियाका डा। यादव मेकानिकल इन्जिनियरिङ् विषयमा विधावारिधि गर्नुभएको छ । यसअघि उमेरहदका कारण आयोगको अध्यक्ष सुरेन्द्रप्रसाद यादव २०८० फागुन २२ गते पदमुक्त हुनुभएको थियो । विगत पाँच महिनादेखि लोकसेवा आयोगमा पदाधिकारीविहीन हुँदा कर्मचारी भर्ना, तालिका प्रकाशन, परीक्षा सञ्चालन, अन्तर्वार्ता तथा छनोट प्रक्रिया अवरुद्ध भएको थियो । २०७६ भदौ ४मा प्रदेश लोकसेवा आयोगको गठन तथा स्थापना भएको थियो । रासस

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...