चराको अनुसन्धान सुरु

Published on

काठमाडौं । कैलालीस्थित घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा चरा गणना तथा अनुसन्धान सुरु गरिएको छ । प्रदेश सरकारको सहयोग र नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) को व्यवस्थापनमा डिभिजन वन कार्यालय पहलमानपुरले चराको गणना तथा अनुसन्धान सुरु गरेको हो । गर्मीयाममा चराको सङ्ख्या, अवस्था र प्रजाति पत्ता लगाउने उद्देश्यले चरा गणना तथा अनुसन्धान गरिएको जनाइएको छ । घोडाघोडीलगायत सबै क्षेत्रमा चरा गणना तथा अनुसन्धानको कार्य गरिने चराविद् हिरूलाल डङ्गौराले बताउनुभयो ।

उहाँले एक हप्तासम्म गणना तथा अनुसन्धानको कार्य हुने उल्लेख गर्नुभयो । चरा गणनाका लागि विज्ञसहित पाँच जनाको टोली परिचालन गरिएको छ । सात दिनसम्म गणना तथा अनुसन्धानको कार्य हुने डङ्गौराको भनाइ छ । यहाँ ३८० प्रजातिका चरा पाइने गरेका छन् । जसमध्ये ११ प्रजाति विश्वमै दुर्लभ रहेको जनाइएको छ । ७४ प्रजातिका जलपन्छी छन् । चरा तथा चराको वासस्थानको संरक्षण गर्ने उद्देश्यका साथ प्रदेश सरकारले दुई वर्षअगाडि घोडाघोडी क्षेत्रलाई नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी) घोषणा गरेको थियो । विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा जाडोयाममा विभिन्न देशबाट जाडो छल्नका लागि आगन्तुक चरा आउने गर्दछन् । त्यस्तै गर्मी र बर्खामा पनि विभिन्न प्रजातिका चरा पाइने गरेको बताइन्छ । गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...