एउटै घरमा दुइटा कार्यालय

Published on

काठमाडौं । एउटै घरमा दुई वटा सरकारी कार्यालय भाडामा बस्दै आएका छन् । नाम्खा गाउँपालिका–५, नेपाल र चीनको सिमाना हिल्सामा एक व्यक्तिको घरमा दुई वटा कार्यालय भाडामा बस्दै आएका हुन् । यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले एउटा दुईतले भवनमा दुई वटा सरकारी कार्यालय भाडामा बस्दै आएको बताउनुभयो । भाडामा घर पाउन कठिन भएपछि एउटै घरमा कार्यालय स्थापना गर्नु परेको उहाँले बताउनुभयो । यसरी एउटा घरमा भाडामा बस्दै आएका सरकारी कार्यालयमा यारी नाका भन्सार कार्यालय र इलाका प्रहरी कार्यालय हिल्सा छन् । यी कार्यालयमा इलाका प्रहरी कार्यालय विगत १५ वर्षदेखि बस्दै आएको छ भने यारी नाका भन्सार कार्यालय सात वर्षदेखि बस्दै आएको छ ।

उहाँले २०७३ सालमा हिल्सामा आफ्नो कार्यालय स्थापना भएको र चार वटा कोठा भाडामा लिएर मासिक २२ हजार रुपियाँ भाडा तिर्दै आएको बताउनुभयो । इलाका प्रहरी कार्यालयले पनि चार वटै कोठा भाडामा लिएर स्थापनादेखि नै भाडामा बस्दै आएको छ । प्रहरीले भने मासिक पाँच हजार ८१४ रुपियाँ भाडा तिर्दै आएको छ । दुवै कार्यालयले एउटै घरलाई छुट्टाछुट्टै कोठा भाडामा लिएपछि भाडादर भने फरक रहेको छ । दुई वटा कार्यालयसंगै भएका कारण काम गर्न भने कठिन हुने गरेको अनुभव प्रमुख जैसीले सुनाउनुभयो । गोरखापत्र

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...