एम्बाप्पे चम्किएपछि रियल म्याड्रिड विजयी

Published on

काठमाडौं । फ्रान्सेली स्टार केलियन एम्बाप्पे चम्किएपछि स्पेनिस ला लिगामा रियल म्याड्रिडले बेटिसमाथि सहज जित निकालेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले रियल बेटिसलाई २–० गोलले हरायो । रियलको जितमा दुवै गोल एम्बाप्पेले गर्नुभयो । यसै सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट स्पेन पुग्नुभएका एम्बाप्पेको रियलमा यो डेब्यु गोल पनि हो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा एम्बाप्पेले ६७औँ र ७५औँ मिनेटमा गोल गर्नुभएको थियो । जितसँगै चार खेलबाट आठ अङ्क बनाएको रियल तालिकाको दोस्रो स्थानमा छ । तीन खेलबाट दुई अङ्क बटुलेको बेटिस १७औँ स्थानमा छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको चार खेलबाट १२ अङ्क छ । एजेन्सी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...