एम्बाप्पे चम्किएपछि रियल म्याड्रिड विजयी

Published on

काठमाडौं । फ्रान्सेली स्टार केलियन एम्बाप्पे चम्किएपछि स्पेनिस ला लिगामा रियल म्याड्रिडले बेटिसमाथि सहज जित निकालेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले रियल बेटिसलाई २–० गोलले हरायो । रियलको जितमा दुवै गोल एम्बाप्पेले गर्नुभयो । यसै सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट स्पेन पुग्नुभएका एम्बाप्पेको रियलमा यो डेब्यु गोल पनि हो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा एम्बाप्पेले ६७औँ र ७५औँ मिनेटमा गोल गर्नुभएको थियो । जितसँगै चार खेलबाट आठ अङ्क बनाएको रियल तालिकाको दोस्रो स्थानमा छ । तीन खेलबाट दुई अङ्क बटुलेको बेटिस १७औँ स्थानमा छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको चार खेलबाट १२ अङ्क छ । एजेन्सी

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...