एउटै घरमा दुइटा कार्यालय

Published on

काठमाडौं । एउटै घरमा दुई वटा सरकारी कार्यालय भाडामा बस्दै आएका छन् । नाम्खा गाउँपालिका–५, नेपाल र चीनको सिमाना हिल्सामा एक व्यक्तिको घरमा दुई वटा कार्यालय भाडामा बस्दै आएका हुन् । यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले एउटा दुईतले भवनमा दुई वटा सरकारी कार्यालय भाडामा बस्दै आएको बताउनुभयो । भाडामा घर पाउन कठिन भएपछि एउटै घरमा कार्यालय स्थापना गर्नु परेको उहाँले बताउनुभयो । यसरी एउटा घरमा भाडामा बस्दै आएका सरकारी कार्यालयमा यारी नाका भन्सार कार्यालय र इलाका प्रहरी कार्यालय हिल्सा छन् । यी कार्यालयमा इलाका प्रहरी कार्यालय विगत १५ वर्षदेखि बस्दै आएको छ भने यारी नाका भन्सार कार्यालय सात वर्षदेखि बस्दै आएको छ ।

उहाँले २०७३ सालमा हिल्सामा आफ्नो कार्यालय स्थापना भएको र चार वटा कोठा भाडामा लिएर मासिक २२ हजार रुपियाँ भाडा तिर्दै आएको बताउनुभयो । इलाका प्रहरी कार्यालयले पनि चार वटै कोठा भाडामा लिएर स्थापनादेखि नै भाडामा बस्दै आएको छ । प्रहरीले भने मासिक पाँच हजार ८१४ रुपियाँ भाडा तिर्दै आएको छ । दुवै कार्यालयले एउटै घरलाई छुट्टाछुट्टै कोठा भाडामा लिएपछि भाडादर भने फरक रहेको छ । दुई वटा कार्यालयसंगै भएका कारण काम गर्न भने कठिन हुने गरेको अनुभव प्रमुख जैसीले सुनाउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...