सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्छ : प्रमुख साह

Published on

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौँको थायमरुस्थित रत्नकेतु महाबिहार पुनर्निर्माण उद्घाटन कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रमुख साहले काठमाडौं उपत्यकामा सम्पदाहरुको पुनर्निर्माण गर्दा पुरानो शैलीलाई नै महत्त्व दिएर बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पुरानो शैलीमा सम्पदाहरुको पुनर्निर्माण गर्दा व्यापार व्यवसाय घट्ने नभइ झनै बढेर जाने बताउनुभयो । उहाँले सभ्यता बढेपछि व्यापार र जीवनशैली बढ्ने जानकारी दिनुभयो । उहाँले महानगरपाकिला भित्रका सम्पदा पुनर्निर्माणका लागि महानगर जहिल्यै सहयोग गर्न तयार रहेको बताउनुभयो । ‘‘महाबिहार बनाउँदा वडाध्यक्षहरुलाई के हुँदो रहेछ भन्ने सबै बजेट एकैपटक माग्दाखेरी आउँदैन की भन्ने जस्तो लाग्दो रहेछ । म सधैँ भन्छु, एकै पटक सबै माग्नुस् । एकै पटक यो पनि बनाएको भए हुन्थ्यो, सिंह, सत्तल पनि एकै पटक बनाएको भए हुन्थ्यो ।,’’ प्रमुख साहले भन्नुभयो, ‘‘सत्तल पनि पुरानो शैलीमा बन्नुपर्छ । हाम्रो सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा हाम्रो केही व्यापार व्यवसाय घट्ने होइन, झनै बढ्ने हो । हाम्रो सभ्यता बढेपछि व्यापार पनि बढ्छ । जीवनशैली पनि बढ्छ । सबैको इज्जत पनि बढ्छ । त्यसका लागि महानगरपालिका सहयोग गर्न तयार छ ।’’

प्रमुख साहले सम्पदा पुनर्निर्माणका लागि आवश्यक बजेट एकैपटक माग्न पनि वडा अध्यक्षहरुसँग आग्रह गर्नुभयो । महानगरपालिकाले सम्पदा पुनर्निर्माणका लागि एकै पटक सबै बजेट मागदा दिँदैन की भन्ने आशङ्का नगरी एकैपटक बजेट मागेर सबै पुनर्निर्माणका कामहरु एकैपटकमा सम्पन्न गर्नेगरी काम गर्न आग्रह गर्नुभयो ।

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...