चौंथो सिन्धुपाल्चोक तेक्वान्दो प्रतियोगितामा जाल्पा मावि विजयी

Published on

काठमाडौं । चौंथो सिन्धुपाल्चोक जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा सुनकोशी गाउँपालिका–७ कोठेस्थित जाल्पा माध्यमिक विद्यालयका छात्रछात्रा प्रथम भएका छन् । सिन्धुपाल्चोक तेक्वान्दो एकेडेमीले २० स्वर्ण पदकका लागि जेठ ११ गतेबाट सञ्चालन गरेको प्रतियोगितामा २० वटा पदक प्राप्त गरी उक्त विद्यालयका विद्यार्थी प्रथम भएको छ ।

एकेडेमीका अध्यक्ष समेत रहेका राष्ट्रिय रेफ्री रोहिन्द्र विक्रम खड्काका अनुसार आठ स्वर्ण, नौ रजत, तीन कास्य पदकसहित जाल्पा मावि प्रथम, पाँच स्वर्ण, छ रजत, दुई कास्य पदकसहित सुकुटे तेक्वान्दो डोजाङ द्वितीय र दुई स्वर्ण, एक कास्य पदकसहित गणेश मावि तृतीय हुन सफल भएको जानकारी दिनुभयो । पुरुष उत्कृष्ट खेलाडीतर्फ जाल्पा माविका ३३ केजीतर्फ डेभिट पौडेल र महिला उत्कृष्ट खेलाडी ४३ केजीतर्फ जाल्पाकै अनुसा नेपालीले बेस्ट खेलाडीको उपाधी जित हाँसिल गरेका छन् । अन्तर्राष्ट्रिय निर्यायक मीन न्यौपाने नेतृत्वमा १२ जना रेफ्रीले प्रतियोगिता सञ्चालन गरेका थिए । आयोजक एकेडेमीका अध्यक्ष खड्काले जिल्लाभरका बालबालिकालाई तेक्वान्दो खेलमा आर्कषित गर्दे स्वास्थ, अुशासित बनाउदै तेक्वान्दो खेलमार्फत जिल्लालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा चिनाउन लागिरहेको बताउनुभयो । सो प्रतियोगितामा यमुनाडाँडा तेक्वान्दो डोजाङ९गणेश मावि०, जनजागृति मावि कालिका डोजाङ, बाघभैरव मावि डोजाङ, महेन्द्रकान्ति मावि डोजाङ, जाल्पा मावि डोजाङ, सदाबहार एकेडेमी, सुकुटे तेक्वान्दो डोजाङ, बलेफी तेक्वान्दो डोजाङ लगायतका डोजाङहरु सहभागी थिए । सो गेममा जाल्पा मावि सह–आयोजक रहेको थियो । गोरखापत्र

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...