जलक्षेत्रमा चिनियाँ नौसैनिक प्रवेश गरेको भन्दै जापानको चासो

Published on

काठमाडौं । चिनियाँ नौसैनिक जहाज आफ्नो जलक्षेत्रमा प्रवेश गरेको भन्दै यसप्रति जापानले कडा चिन्ता र विरोध व्यक्त गरेको छ। आफ्नो हवाई क्षेत्रमा चिनियाँ सैन्य विमान पठाएको जापानले आरोप लगाएको केही दिनपछि शनिबार चिनियाँ नौसैनिक जहाज आफ्नो जलक्षेत्रमा प्रवेश गरेको भन्दै जापानले विरोध जनाएको हो। स्थानीय समयानुसार शनिबार बिहान ६ः०० बजे दक्षिणी कुचिनोएराबु टापुनजिक एक चिनियाँ नौसैनिक जहाज जापानी जलक्षेत्रमा प्रवेश गरेको र त्यसको करिब दुई घण्टापछि याकुशिमा टापुको दक्षिणपश्चिमबाट निस्केको देखिएको रक्षा मन्त्रालयले जनाएको छ। घटनापछि विदेश मन्त्रालयले टोकियोस्थित चिनियाँ दूतावासलाई यस घटनाबारे चासो व्यक्त गरेको हो।

“जापानको समुद्री क्षेत्रमा चिनियाँ नौसैनिक जहाज र अन्यको विगतका गतिविधि र हालै चिनियाँ सैन्य विमानले जापानको क्षेत्रीय हवाई क्षेत्रमा गरेको घुसपैठबारे ध्यानाकर्षण भएको छ” विज्ञप्तिमा भनिएको छ। पूर्वी चीन सागरको डान्जो टापुमा चिनियाँ वाई –९ सर्भिलेन्स एयरक्राफ्टको दुई मिनेटको आक्रमणपछि जापानले सोमबार लडाकु विमानहरू तैनाथ गरेको थियो। एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो आर्थिक र सैन्य प्रभाव र हालै फिलिपिन्ससँगको क्षेत्रीय विवादमा उसको आक्रामकताले संयुक्त राज्य अमेरिका र उसका सहयोगीलाई झकझक्याएको छ।

गत हप्ता जापानको रक्षा मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ८.५ ट्रिलियन येन (५९ अर्ब अमेरिकी डलर) माग गरेको थियो । यो मार्च २०२८ सम्ममा देशको पाँच वर्षे, ४३ ट्रिलियन येन रक्षा निर्माण योजनाको एक भागको रूपमा अहिलेसम्मको सबैभन्दा ठूलो प्रारम्भिक बजेट अनुरोध हो। यस अनुरोधमा क्षेप्यास्त्र र मानवरहित वाहनहरूको साथ टाढासम्म प्रहार गर्न तथाकथित गतिरोध क्षमताका लागि वित्तपोषण समावेश छ। यो गत वर्ष मन्त्रालयले गरेको ७.७ ट्रिलियन येनको प्रारम्भिक अनुरोधभन्दा बढी हो, तर चालू आर्थिक वर्षका लागि स्वीकृत ९.४ ट्रिलियन येनको वास्तविक बजेटभन्दा कम हो । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...