नेपाली सेनाद्वारा ‘श्री रुद्रायणी प्रवेशद्वार’ निर्माण

Published on

काठमाडौं । नेपालमा गणतन्त्र प्राप्तिसँगै स्थानीय सांस्कृतिक गतिविधिमा पनि नेपाली सेनाका गतिविधिमा समयानुकूल परिवर्तन गरिरहेको छ । स्थानीय भाषा, बाजागाजा र संस्कृतिको जगेर्ना गर्ने गतिविधिमा नेपालीको योगदान थुप्रै छन् ।

हालै नेपाल सेनाले काठमाडौँको मौलिक परम्परालाई जीवन्त पार्न यसवर्ष झम्सिखेलस्थित प्रधान सेनापतिको निवास आसपास कलात्मक रुपमा तीनवटा स्थायी ‘श्री रुद्रायणी प्रवेशद्वार’ निर्माण गरेको छ । यसअघि प्रत्येक १२ वर्षमा एकपटक सिकाली अजिमा (रुद्रायणी देवी) जात्राको अवसरमा ललितपुरको खोकनाबाट हनुमानढोकासम्म यात्रा गराउँदा सो क्षेत्रमा पर्खालहरु भत्काउनुपर्ने वाध्यता हुने गरेको श्री शार्दुल जंग गुल्मका सेनानी पूर्ण प्रजापति बताउनुहुन्छ । प्रधान सेनापति प्रभुराम शर्माले आफ्नै निवास आसपासमा पर्ने मौलिक देवगणहरुको यात्रा सहज बनाउन तीनवटा प्रवेशद्वार निर्माण गरेर सांस्कृतिक परम्परामा नौलो आयाम थपेको सेनानी प्रजापतिले गोरखापत्रलाई बताउनुभयो । प्रधान सेनापति शर्माले जेठ ९ गते खोकनामा आयोजित नाच अवलोकन र पूजा गर्नुभयो जेठ ६ गते देवगणहरु हनुमानेढोकाबाट खोकनामा फिर्ता सवारी हुँदा प्रधान सेनापतिले आफ्नो निवासमा बिदाइ गर्नुभयो ।

यसैगरी, पहिलो पटक श्री शार्दुल जंग गुल्मका गुल्मपति सेनानी पूर्ण प्रजापतिको नेतृत्वमा बानादार गुरुज्यु पल्टन सांस्कृतिक झाँकीसहित खोकनाबाट हुनुमानढोका र फिर्ता हुँदासम्म देवगणहरुलाई स–सम्मान सुरक्षाको प्रबन्ध मिलाइएको थियो । यो पटकको रुद्रायणी देवीको १२ वर्ष मेला भदौ १६ गतेदेखि खोकनामा सुरु भएको ललितपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष रविन्द्र महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो पटक देवगणहरुका लागि निवासमा प्रवेशद्वार निर्माण गरिएको र बाजागाजासहितको सांस्कृतिक झाँकीले जनता र सेनाबिचको सम्बन्ध गणतन्त्र प्राप्तिपछि नयाँ सम्बन्ध स्थापित भएको बताउनुहुन्छ । सो जात्रा काठमाडौँको पचली भैरव, पुरानो खोकनाको देवी सिद्धकाली मन्दिरमा अवस्थित रुद्रायणी, बालकुमारी पाटनमा कौमरी, कीर्तिपुरको जलविनायक, न्हसिकाप, हलुमान, कुसुन्तीमा कुमार, नेखुमोलस्थित ब्रम्हायणी देवी, नख्खुस्थित विष्णुदेवी, पशुपतिको महेश्वरी, बल्खुको इन्द्रायणी, बज्रबाराही, गुह्येश्वरी, महालक्ष्मी, आकाश भैरवलगायतका शक्तिपीठमा देवगणको नाच प्रदर्शन गरिएको थियो । सिकाली जात्रामा काली, विष्णु, भैरव, महादेव, रुद्रायणी, गणेश, हनुमान, कुमार, ब्रह्मा, इन्द्रायणी, महाकाली, कुमारी र बाराही देवगणका रूपमा सहभागी हुने परम्परा छ । आउँदो साउन महिनामा विधिपूर्वक सिकाली जात्रामा सम्पन्न हुँदैछ ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...