‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

Published on

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने बताउनुभएको छ । आफू सबै किसिमले दोस्रो कार्यकालका लागि योग्य रहेको भए पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु राष्ट्रलाई एकताबद्ध गर्नु रहेको उहाँले बताउनुभएको हो।

बाइडेनले ११ मिनेटको भाषणमा अब अमेरिकीहरूले गर्ने निर्णयहरूले राष्ट्र र विश्वको भाग्य आगामी दशकहरूमा निर्धारण गर्ने उल्लेख गर्नुभयो । अझै पनि इमानदारी, शिष्टता, सम्मान, स्वतन्त्रता, न्याय र लोकतन्त्रमा विश्वास गर्नुपर्ने उहाँको भनाइ छ । बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक राष्ट्रपतिको उम्मेद्वारको रूपमा मनोनयन गर्न आफ्नो पूर्ण समर्थन रहेको बताउनुभएको छ । उहाँले रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउन डेमोक्र्याटहरूलाई एकजुट हुन आग्रह गर्नुभयो ।

यस्तै, राष्ट्रपति बाइडेनले औपचारिक रुपमा राष्ट्रपतिको दौडबाट पछि हट्ने बताउनुभएको थियो । सिन्ह्वा

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...