आत्मनिर्भर बनाउन अचार बनाउने तालिम

Published on

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका –६ का महिलालाई अचार बनाउने तालिम सञ्चालन गरिएको छ । महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले अचार बनाउने तालिम सञ्चालन गरिएको हो ।

राप्तीसोनारी गाउँपालिका –६ का महिलालाई तालिम प्रदान गरेर स्वरोजगार बनाइ आत्मनिर्भर बनाउने उद्देश्यसाथ सात दिने अचार बनाउने तालिम सञ्चालन गरिएको वडाअध्यक्ष लवराज खरेलले जानकारी दिनुभयो । मासु, बयर, गाजर, लसुन, अदुवालगायतका सात प्रकारका स्थानीय स्तरमा उत्पादन हुने तथा पाइने वस्तुबाट अचार बनाउनका लागि तालिममा सीप प्रदान गरिने उहाँले बताउनुभयो । अन्य वस्तुहरु स्थानीयस्तरमा स्थानीयले आफै उत्पादन गर्ने तथा बयर यस क्षेत्रका वन जङ्गलमा प्रशस्तै पाइने भएको हुँदा खाली समयको उपयोग गर्दै महिलाले अचार बनाउन सकुन र घरमै बसेर आय आर्जनको माध्यमबाट आर्थिकरुपले पनि आत्मनिर्भर बन्न सकुन् भनेर तालिम सञ्चालन गरिएको वडाअध्यक्ष खरेलले जानकारी दिनुभयो । वडाका स्थानीय ३२ जना महिलालाई तालिममा सहभागी गराइएको उहाँले जानकारी दिनुभयो । वडा कार्यालयको एक लाख रुपियाँको बजेटबाट उक्त तालिम सञ्चालन गरिएको उहाँको भनाइ छ । महिलाले तालिममा सिकेका सीपबाट घरमै बसेर खाली समयको उपयोग गर्दै आफै उत्पादन गरेका स्थानीय वस्तुबाट अचार बनाइ बिक्री वितरण गरेर आफ्नो आयस्रोत बढाउने र आफ्नो खुट्टामा आफै उभिने आफूले आशा गरेको वडाअध्यक्ष खरेलले बताउनुभयो ।

तालिममा सीप सिकेपछि पेशा तथा व्यवसाय सञ्चालन गरेर उहाँहरु उद्यमीसमेत बन्ने आफूले अपेक्षा लिएको खरेलले बताउनुभयो । उहाँहरुले उत्पादन गरेका अचारको बजारीकरण तथा व्यवस्थापनका लागि आफूहरुले भूमिका खेल्ने र गुणस्तरीय उचार उत्पादन गरेका स्थानीयको अचार बिक्री वितरणमा समेत आफूहरुले सहयोग गर्ने बताउनुभयो । महिलाले तालिम पश्चात् तयार पारेका अचारहरु परीक्षण गराइ ब्रान्डिङ गरिने उहाँको भनाइ छ । गोरखापत्र

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...