ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Published on

काठमाडौं । हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित कोसिस पेट्रोल पम्प नजिकै भएको सवारी दुर्घटनामा सोमबार एक युवकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नेवारपानी सडकखण्डमा नवलपरासीबाट झापाको लागि सिमेन्ट लिएर जाँदै गरेको बा.प्र.०३–००१ ख २०८६ नं. को ट्रकले हेटौँडाबाट मनहरितर्फ जाँदै गरेको बा. प्र.०२–०२२ प २५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्करबाट हेटौँडा-९ का अभिषेक सुवेदीको मृत्युको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार ट्रकको ठक्करबाट मोटरसाइकल दुर्घटना भई गम्भीर घाइते भई २५ वर्षीय मोटरसाइकल चालक सुवेदीलाई उपचारको लागि हेटौँडा अस्पताल पठाएकोमा हेटौँडा अस्पतालमा डाक्टरले जाँच गर्दा १०ः०५ बजे मृत घोषणा गरेको थियो । मोटरसाइकल, ट्रक र ट्रक चालक जिल्ला दाङ गडुवा गाउँपालिका २ का वर्ष २३ का चन्द्रप्रसाद चौधरीलाई नियन्त्रणमा लिएको छ।

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...