ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Published on

काठमाडौं । हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित कोसिस पेट्रोल पम्प नजिकै भएको सवारी दुर्घटनामा सोमबार एक युवकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नेवारपानी सडकखण्डमा नवलपरासीबाट झापाको लागि सिमेन्ट लिएर जाँदै गरेको बा.प्र.०३–००१ ख २०८६ नं. को ट्रकले हेटौँडाबाट मनहरितर्फ जाँदै गरेको बा. प्र.०२–०२२ प २५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्करबाट हेटौँडा-९ का अभिषेक सुवेदीको मृत्युको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार ट्रकको ठक्करबाट मोटरसाइकल दुर्घटना भई गम्भीर घाइते भई २५ वर्षीय मोटरसाइकल चालक सुवेदीलाई उपचारको लागि हेटौँडा अस्पताल पठाएकोमा हेटौँडा अस्पतालमा डाक्टरले जाँच गर्दा १०ः०५ बजे मृत घोषणा गरेको थियो । मोटरसाइकल, ट्रक र ट्रक चालक जिल्ला दाङ गडुवा गाउँपालिका २ का वर्ष २३ का चन्द्रप्रसाद चौधरीलाई नियन्त्रणमा लिएको छ।

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...