गलकोटमा रोपाइँको चटारो

Published on

काठमाडौं । देशका विभिन्न भागका किसान खडेरीबाट किसान चिन्तित भए पनि यहाँका किसानलाई रोपाइँको चटारो छ । सिँचाइ सुविधाका कारण मध्यजेठमा यहाँका खेलमा रोपाइँ भइरहेको छ ।

जिल्लामा अधिक धान उब्जाउने स्थानमध्येको गलकोटका चमुवा फाँटसहित दुदिलाभाटी, आँगाखेत, नरेठाँटी र हरिचौरमा रोपाइँको चटारो छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार गलकोटपछि कुश्मीसेरा, बडिगाड, निसीखोला, बुर्तिबाङलगायत क्षेत्रमा जेठअन्तिमदेखि रोपाइँ हुने गरेको छ । मकै लगाएका किसानले असार अन्तिम सातादेखि र साउनभरि रोपाइँ गर्छन् ।

जिल्लाको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायत स्थानमा पनि सोहीसमयसम्म रोपाइँ हुने गरेको छ । बागलुङको छ हजार हेक्टर भूमिमा धानखेती हुँदै आएको छभने १० हेक्टरमा मात्र चैते धान हुने गरेको उक्त केन्द्रले जनाएको छ । रासस

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...