नेवाः सांस्कृतिक ज्ञानकोश सार्वजनिक

Published on

काठमाडौं । नेवाः समुदायको सम्पूर्ण जानकारी समावेश गरिएको ‘नेवाः सांस्कृतिक ज्ञानकोश’ राजधानीमा शुक्रबार सार्वजनिक गरिएको छ । नेपाल भाषा एकेडेमीले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा ल्याएको सो ज्ञानकोशका दुर्गालाल श्रेष्ठ, कालु कुम्हाः, यज्ञमानपति वज्राचार्य, सुवर्णकेशरी चित्रकार र श्रीगोपाल प्रजापतिले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।

नेवाः सांस्कृतिक ज्ञानकोशमा नेवार समुदायको सम्पूर्ण विवरण समेटिएको छ । ज्ञानकोश ‘नेवाः म्हसीका, ‘संस्कृति व सम्पदा’, ‘भाषा, लिपि व साहित्य’, ‘म्ये, बाजं व प्याखं’ र ‘शिल्प, प्रविधि र ज्ञान’ गरी पाँच भागमा प्रकाशित छ । पाँच भागमा प्रकाशित ज्ञानकोशको पाँचै पुस्तक गरी करिब दुई हजार आठ सय पृष्ठ रहेको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले यस्तो बृहत् पुस्तक प्रकाशनमा महानगरपालिकाले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाली र अङ्ग्रेजी अनुवादमा समेत महानगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

नेपाल भाषा एकेडेमीका उपकुलपति मल्ल के। सुन्दरले ज्ञानकोश नेवार समुदायबारे सम्पूर्ण जानकारी समावेश भएको बृहत् कोश भएको बताउनुभयो । कृतिमा नेवारहरू को हुन्, कहाँबाट आएका हुन्, उनीहरूको संस्कृति के हो, जात्रा पर्व के हो, कहिले मनाइन्छ भन्नेबारेमा सम्पूर्ण जानकारी समावेश गरिएको जनाइएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...