गुल्मीमा ड्रागन खेतीमा आकर्षण

Published on

काठमाडौं । गुल्मीमा ड्रागन खेतीमा आकर्षण बढ्न थालेको छ । केही वर्ष अघिसम्म परीक्षणको रूपमा ड्रागन खेती सुरु गरेका यस जिल्लाका केही किसानहरूले अहिले व्यावसायिक रूपमा ड्रागन खेती गर्न थालेका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–१ निवासी ७७ वर्षीय बालकृष्ण अर्यालले व्यावसायिक रूपमा ड्रागन खेती सुरु गर्नुभएको छ । ३३ वर्षको शिक्षण पेसापछि तरकारी तथा फलफूल खेती गरेको उहाँले बताउनुभयो । अहिलेको समयानुकूल ड्रागन खेती गरेको भन्दै ड्रागन बगैँचामै दैनिकी बित्ने अर्यालले बताउनुभयो । ४.५ रोपनी क्षेत्रफलमा ३०० पिल्लरमा अहिले १२ सय बोट ड्रागन फलेको भन्दै अघिल्लो वर्ष चार लाखको ड्रागन बिक्री गरिएको उहाँले बताउनुभयो । यस वर्ष दश लाख ड्रागन बिक्री गर्ने लक्ष्य राखिएको भन्दै बजारीकरणको कुनै समस्या नरहेको र सरकारको साथ पाए स्थानीय स्तरमा मात्रै होइन विदेशसम्म निर्यात गर्ने सोच बनाएको उहाँले बताउनुभयो । यस जिल्लामा तीन जना किसानले व्यावसायिक रूपमा र १५ जना किसानले परीक्षणको रूपमा ड्रागन खेती गरेको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले बताउनुभयो । ड्रागन नयाँ फल भएको हुँदा कृषि ज्ञान केन्द्रले पनि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...