गुल्मीमा ड्रागन खेतीमा आकर्षण

Published on

काठमाडौं । गुल्मीमा ड्रागन खेतीमा आकर्षण बढ्न थालेको छ । केही वर्ष अघिसम्म परीक्षणको रूपमा ड्रागन खेती सुरु गरेका यस जिल्लाका केही किसानहरूले अहिले व्यावसायिक रूपमा ड्रागन खेती गर्न थालेका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–१ निवासी ७७ वर्षीय बालकृष्ण अर्यालले व्यावसायिक रूपमा ड्रागन खेती सुरु गर्नुभएको छ । ३३ वर्षको शिक्षण पेसापछि तरकारी तथा फलफूल खेती गरेको उहाँले बताउनुभयो । अहिलेको समयानुकूल ड्रागन खेती गरेको भन्दै ड्रागन बगैँचामै दैनिकी बित्ने अर्यालले बताउनुभयो । ४.५ रोपनी क्षेत्रफलमा ३०० पिल्लरमा अहिले १२ सय बोट ड्रागन फलेको भन्दै अघिल्लो वर्ष चार लाखको ड्रागन बिक्री गरिएको उहाँले बताउनुभयो । यस वर्ष दश लाख ड्रागन बिक्री गर्ने लक्ष्य राखिएको भन्दै बजारीकरणको कुनै समस्या नरहेको र सरकारको साथ पाए स्थानीय स्तरमा मात्रै होइन विदेशसम्म निर्यात गर्ने सोच बनाएको उहाँले बताउनुभयो । यस जिल्लामा तीन जना किसानले व्यावसायिक रूपमा र १५ जना किसानले परीक्षणको रूपमा ड्रागन खेती गरेको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले बताउनुभयो । ड्रागन नयाँ फल भएको हुँदा कृषि ज्ञान केन्द्रले पनि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...