दीपिका र सिद्धार्थलाई उत्कृष्ट खेलाडी अवार्ड

Published on

काठमाडौं । जुडो कुरासकी दीपिका अचार्ज र टेबल टेनिसका खेलाडी सिद्धार्थ तामाङलाई धरान खेलकुद मञ्चले उत्कृष्ट खेलाडी अवार्ड २०८० द्वारा सम्मान गरिएको छ ।

धरान खेलकुद मञ्चले शुक्रबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षक करातेको कोच किरण लामालाई उत्कृष्ट प्रशिक्षक अवार्ड २०८० बाट सम्मान गरिएको हो । उहाँहरूलाई जनही नगद रकम २५ हजार र अवार्ड प्रदान गरिएको हो । यसैगरी, मोष्ट पपुलर राइजिङ प्लेयरको अवार्ड फुटबल खेलाडी सुमन सेतेङ्बा लिम्बुलाई प्रदान गरेको छ । उहाँलाई नगद रकम ११ हजार र अवार्ड गरिएको छ । यसैगरी लाइफ टाइम एचिभमेन्ट अवार्डबाट राजुमान श्रेष्ठ र गीता थापा मगरलाई सम्मानित गरिएको छ । उहाँहरूलाई धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राई, नेपाली कांग्रेसका नगर अध्यक्ष श्याम पोख्रेल, नेकपा (एकीकृत समाज)का धरान नगर अध्यक्ष रेवतिरमण राई लगायतले नगद रकम र अवार्डले सम्मान गर्नुभएको थियो ।

धरानमा सबै विधाका खेलकुदको विकासका लागि खेलकुद सङ्घ सङ्गठनहरूको प्रतिनिधित्व गर्दै छाता संस्थाको रूपमा वि।सं।२०६७ सालमा खेलकुद मञ्च गठन भएको हो । धरानलाई खेलकुद सहरको रूपमा चिनाउने खेलाडीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले अवार्ड प्रदान गरेको आयोजक मञ्चका अध्यक्ष राईले बताउनुभयो । यो कार्यक्रम वर्षैपिच्छे हुने समेत उहाँले बताउनुभयो । राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरेका खेलाडीहरूलाई एक्स्पोजर गर्नुपर्छ भन्ने उद्देश्यले अवार्ड दिएको अध्यक्ष राईले बताउनुभयो । छनोट समितिका सचिव सुधीर सीँ लिम्बुका अनुसार विभिन्न १० खेल विधामा १४ जनाको नाम थियो । छनौट समितिले वर्ष खेलाडी पुरुषतर्फ टेबल टेनिसका सिद्धार्थ तामाङ र फुटबलका सनम लिम्बु मनोनयन गरेको थियो भने महिलातर्फ जुडोक्रसकी दीपिका आचार्य र बक्सिङकी जुनु र प्रशिक्षकतर्फ करातेका किरण लामा र बक्सिङका निमा तामाङ मनोनयनमा परेको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न खेलकुद विधाका खेलाडीहरू लगायत विभिन्न सङ्घ संस्थाहरूको सहभागिता रहेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...