अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा प्रभातफेरी

Published on

काठमाडौं । ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा पोखरामा प्रभातफेरी गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराको अगुवाइमा प्रभातफेरी गरिएको हो । पोखराको मानव अधिकारचोकबाट सुरु भएको प्रभातफेरी चिप्लेढुङ्गा, न्युरोड, सभागृह चोक हुँदै पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो । प्रभातफेरीमा मानवअधिकारकर्मी, पत्रकार, निजामती कर्मचारी, सुरक्षा निकाय, विभिन्न मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाका प्रतिनिधि  लगायतको सहभागिता थियो । 

प्रभातफेरी सहभागी भएकाहरुले मानव अधिकारको संरक्षण गर, सुशासन कायम गर, सुशासन नै विकासको कडी हो, भ्रष्टाचार अन्त्य गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रभातफेरीपछि आयोजित सभामा बोल्दै उच्च अदालत पोखरामा मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दले मानव अधिकारको संरक्षण, सम्वर्धन र प्रवर्धनमा सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले अधिकारको कुरा गर्दा कर्तव्य पनि सँगै आउने हुनाले अधिकार र कर्तव्य सँगसँगै भएको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका प्रमुख नीतु गर्तौलाको अध्यक्षतामा भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...