कटहरीमा मिनी शीतभण्डार स्थापना

Published on

काठमाडौं । मोरङको कटहरी –१ मा १५ मेट्रिक टन क्षमताको मिनी शीत भण्डार निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि परियोजनाको ८० प्रतिशत अनुदान र गाउँपालिकाको २० प्रतिशत लगानीमा शीतभण्डार निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीका अनुसार प्रारम्भिक चरणमा १५ मेट्रिक टनको निर्माण गरिए पनि माग र आवश्यकता बढ्दै गए क्षमता विस्तार गरी पाँच सय मेट्रिक टनसम्म बनाउन सकिन्छ । कटहरी गाउँपालिकाले वडा नम्बर २, ३, ४ र ६ लाई र जहदा गाउँपालिकाले वडा नम्बर ३ र ४ लाई तरकारी जोन घोषणा गरेपछि त्यस क्षेत्रमा व्यावसायिक तरकारी उत्पादन हुँदै आएको छ । तरकारी एकै पटक उत्पादन हुने र मूल्य नपाउने विद्यमान अवस्थाले किसान घाटामा व्यापार गर्न बाध्य थिए । अब किसानले उत्पादन गरेको सबैखाले तरकारी भण्डारण गर्न सक्छन् । शीत भण्डार सञ्चालनमा आएपछि किसानले आवश्यकता अनुसार आफ्नो उत्पादन भण्डार गर्ने र बजारको माग अनुसार बिक्री गर्न पाउने भएका छन् ।

गत वैशाख १९ गते कटहरी –१ को फलफूल तथा तरकारी बजार परिसरमा निर्माण सुरु भएको शीतभण्डार एक महिना अगावै तयार भएको छ । तरकारी जोन सञ्चालक समन्वय समिति र नेपकुल इन्डष्ट्रिज प्रालिले संयुक्त रुपमा निर्माण गरेको शीतभण्डार २४ लाख ३२ हजार ४०९ रुपियाँमा निर्माण भएको हो । नेपकुलका सञ्चालक सागर उपाध्यायले शीतभण्डार भित्र २ देखि ५ डिग्री सेल्सियस तापक्रम रहने र आवश्यकता अनुसार तापक्रम स्वचालित रुपमा घटबड हुने बताउनुभयो । हामीले भण्डारण गरेको तरकारीलाई आवश्यक पर्ने तापक्रम स्वचालित रुपमा तय हुन्छ–उपाध्यायले भन्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

अस्पताल सञ्चालनमा समस्या

काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिकामा नगर अस्पताल बनेको दुई वर्ष भयो । आवश्यक जनशक्ति, उपकरण...

तिमल्सिनाको गजलसङ्ग्रह ‘रहर जिन्दगीको’

काठमाडौं । बद्रीनाथ अभिनव छन्दोबद्ध कविता साधक पुरस्कार यस वर्ष गङ्गाप्रसाद अधिकारी खोलाघरे साहिँलोलाई...

बागलुङ कांग्रेसले केन्द्रमा पठायो उम्मेदवार आकाङ्क्षीको नाम

काठमाडौं । नेपाली कांग्रेस बागलुङले क्षेत्रीय समितिबाट सिफारीस भएर आएको उम्मेदवार आकाङ्क्षीहरुको नामावली प्रदेश...

बस्तीबाट अस्फाल्ट प्लान्ट हटाउन माग

काठमाडौं । मानवबस्तीछेउमा अस्फाल्ट प्लान्ट (सडक कालोपत्रे गर्न आवश्यक अलकत्रसँग मिसाएर गिट्टी, बालुवा पकाउने...