गुल्मीमा राहदानीबाट १६ लाखभन्दा बढी राजस्व सङ्कलन

Published on

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गुल्मीमा एक हप्तामा ३२० जनाले राहदानी बनाएका छन् भने राहदानीबाट झण्डै १७ लाख राजस्व सङ्कलन भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले गरेको एक हप्ताको प्रगति विवरण सार्वजनिकमा ३२० जनाको राहदानीका लागि आवेदन सङ्कलन गरिएको र राहदानीबाट १६ लाख ६७ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको उल्लेख छ । राहदानीका साथै संस्था दर्ता तथा नवीकरणबाट १३ हजार गरी कुल १६ लाख ८० हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । गत आइतबारदेखि शुक्रबारसम्म ३२० जनाको राहदानीका लागि आवेदन सङ्कलन, ३४४ जनाको राहदानी वितरण, ४१३ जनालाई नयाँ नागरिकता प्रदान, १६९ नागरिकताको प्रतिलिपी प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।

यस्तै सोही अवधिमा ५५९ जनाको राष्ट्रिय परिचयपत्रका लागि आवेदन सङ्कलन पनि गरिएको र ४४ जनाको परिचयपत्र वितरण गरिएको गैरेले बताउनुभयो । ३०२ दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित र १९ जनाको नावालक परिचयपत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । पछिल्लो एक हप्तामा सेवाग्राहीको चाप बढी भएकाले साँझ ७ बजेसम्म पनि सेवा प्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । कर्मचारीको अभाव भएपनि टाढा टाढाबाट आएका सेवाग्राहीहरुलाई मध्यनजर गर्दै सेवा प्रवाह गरिएको उहाँको भनाइ छ । नागरिकहरुलाई सहज तरिकाले सेवा प्रवाह गर्नु आफूहरुको दायित्व भएकाले विहान साँझ नभनी सिमित कर्मचारी भए पनि व्यवस्थापन गरी सेवा प्रवाह गरिएको शर्माले बताउनुभयो । उच्च माध्यमिक तहको परीक्षा भर्खरै मात्रै सम्पन्न भएकाले नागरिकता र राहदानी बनाउने बढेको प्रशासनले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ...

दमकमा अस्थायी हेलिप्याड र हवाई गस्तीको तयारी

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासोका हेरिएको झापाको क्षेत्र नं.५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य...

उपत्यकामा मतदान केन्द्र व्यवस्थापन अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं । बिहीबार हुने मतदानका लागि काठमाडौँ उपत्यकामा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको...