निर्वाचनमा सवारी, ड्रोन र सीमा नाका बन्द

Published on

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभर विशेष सुरक्षा तथा व्यवस्थापनसम्बन्धी विभिन्न निर्णय सार्वजनिक गरेको छ। प्रशासनले निर्वाचन अवधिमा अत्यावश्यक सेवा बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाउने, ड्रोन उडान निषेध गर्ने तथा भारतसँग जोडिएका सम्पूर्ण सीमा नाका अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्जय कुमार पोखरेलद्वारा जारी सूचनामा जानकारी दिइएको छ।

प्रशासनका अनुसार फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म अत्यावश्यक सेवा बाहेक अन्य सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइनेछ। एम्बुलेन्स, दमकल, दूरसञ्चार सेवा, पानी तथा दूधका ट्याङ्कर, शव वाहन, अस्पताल तथा विद्युत सेवाका सवारी, कूटनीतिक नियोगका सवारी र प्रशासनबाट अनुमति प्राप्त सवारी साधन भने सञ्चालन गर्न पाइने जनाइएको छ। यसैगरी, सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्लाभर ड्रोन उडानमा पनि प्रतिबन्ध लगाइएको छ। फागुन १८ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म कुनै पनि प्रकारका ड्रोन सञ्चालन गर्न नपाइने प्रशासनले स्पष्ट पारेको छ। निषेधाज्ञा उल्लङ्घन गरी ड्रोन सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।

निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सीमा सुरक्षामा समेत कडाइ गरिएको छ। भारतसँग सीमा जोडिएका महोत्तरीका सबै सीमा नाका फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहने जनाइएको छ। यद्यपि, अत्यावश्यक तथा अनुमतिप्राप्त गतिविधिलाई आवश्यक सहजीकरण गरिने प्रशासनले जनाएको छ। प्रमुख जिल्ला प्रशासन कार्यालयले निर्वाचन अवधिभर सुरक्षा निकायसँग समन्वय गरी निगरानी, चेकजाँच र समग्र व्यवस्थापनलाई थप प्रभावकारी बनाइने जानकारी दिएको छ। साथै, नागरिक, राजनीतिक दल तथा सरोकारवालालाई जारी सूचनाको पूर्ण पालना गर्दै निर्वाचनलाई सफल बनाउन सहयोग गर्न आग्रह गरिएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...