कोशी प्रदेशको नीति तथा कार्यक्रम आज

Published on

काठमाडौं । कोशी प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८१\८२ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दैछ । प्रदेश प्रमुख पर्शुराम खापुङले अपराह्न ४ बजे प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने तय भएको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरिसकेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिनुभयो । यसैबिच आजको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । यसअघिका बैठकमा नेपाली कांग्रेस अनुपस्थित रहँदै आएको थियो । प्रदेश प्रमुखले संविधानविपरीत मुख्यमन्त्री नियुक्त गरेको भन्दै कांग्रेसले सदनमा उपस्थिति जनाइरहेको थिएन ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बसेको बैठकयता प्रदेश सभामा कांग्रेसले उपस्थिति जनाएको छैन । मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनको फैसला आएपछि मात्र प्रदेश सभा बैठकमा उपस्थित हुने बताउँदै आएको कांग्रेस आजको बैठकमा भने सहभागी हुने भएको हो । कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुखयमन्त्री उद्धव थापाले आजदेखिको बैठकमा आफ्नो दल सहभागी हुने जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...