वैदेशिक रोजगारीमा ज्यान गुमाएका दीपकको परिवारलाई आर्थिक सहयोग

Published on

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ३० वर्षीय दीपक बुढाथोकीको परिवारलाई रु सात लाख ५० हजार सहयोग उपलब्ध गराइएको छ । उनको विसं २०८० चैत ७ गते दुबईमा सडक दुर्घटनामा निधन भएको थियो ।

मृतकका दुई छोरा नौ वर्षीय दिशन र छ महिनाका इशान बुढाथोकीको पठनपाठनका लागि उनीहरूको नाममा छुट्टाछुट्टै बैंक खाता खोलेर जम्मा गर्नेगरी रु तीन–तीन लाख तथा घरखर्चका लागि बुबा जीतबहादुर, आमा रत्नकुमारी र श्रीमती सरस्वती बुढाथोकीलाई नगद रु ५०–५० हजार उपलब्ध गराइएको जनाइएको छ । धितुङका स्थानीय बासिन्दा एवं नायबसुब्बा पदमा कार्यरत गणेशबहादुर कार्कीको संयोजनमा देश–विदेशमा रहेका नेपालीबाट सङ्कलित रकम सोमबार सांसद रामकुमार राई ‘पासाङ’ले मृतकका परिवारलाई हस्तान्तरण गर्नुभएको हो । रासस

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...