सामूदायिक वनको पौडीपोखरी सुचारु

Published on

काठमाडौं । हरियाली सामूदायिक वन उपभोक्ता समूहले मोरङको पथरीशनिश्चरे –२ मा पर्या पर्यटन कार्यक्रम अन्तर्गत ब्यवस्थित पौडीपोखरी सञ्चालनमा ल्याएको छ ।

शुक्रबार पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापोले पौडी पोखरीको उद्घाटन गर्नुभयो । नगर प्रमुख तुम्बापोले सामुदायिक वनको नियमित आम्दानी घट्दै गइरहेका बेला वन संरक्षणका लागि पब्लिक लिमिटेड दर्ता गरेर रोजगार सिर्जना गर्नेखालका काममा नगरले सहयोग गर्ने बताउनुभयो । सामुदायिक वनले हरियाली सामुदायिक वन पव्लिक लिमिटेड दर्ता गरेर सर्वसाधरणलाई लगानीका लागि आह्वान गरेको थियो । हालसम्म ८६३ जना उपभोक्ताले लगानी गरिसकेका छन् । वनका उपभोक्ताले न्युनतम १० हजारदेखि अधिकतम एक लाख रुपियाँसम्म लगानी गरेको कम्पनीका प्रबन्ध निर्देशक रोहित बास्तोलाले बताउनुभयो । बास्तोलाका अनुसार सामूदायिक वनले ३५ प्रतिशत लगानी गरेको छ । हालसम्म ५ करोड रुपियाँ खर्च भइसकेको हरियाली वन पव्लिक लिमिटेडका पदाधिकारीको भनाइ छ ।

सामूदायिक वनको ३ हेक्टर जग्गामा पर्या पर्यटनको विकासका लागि दर्ता भएको कम्पनीले सभाहल, पौडीपोखरी र चमेना गृह निर्माण गरिसकेको छ । तीन वर्षअघि ३८ करोेड रुपियाँको डिपीआर बनाएर काम थालेको सामूदायिक वनले अबको ५ वर्ष भित्र फनपार्क, बाल उद्यान, प्रेमचौतारी र विज्ञान प्रदर्शनी केन्द्र (साइन्स सिटी) निर्माण गर्ने भएको छ । प्रबन्ध निर्देशक बास्तोलाका अनुसार हाल ५ जनाले रोजगार पाइरहेको कम्पनीमा आयोजना सम्पन्न भएपछि २ सय जनाले रोजगार पाउने लक्ष्य राखिएको छ । पछिल्लो समय पूर्वका सामुदायिक वनहरूले रोजगार सिर्जना हुने पर्यटकीय केन्द्र निर्माणमा लगानी गरिरहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...