कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : तीन समिति गठन

Published on

काठमाडौं । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले तीन मन्त्रीहरूको संयोजकत्वमा तीन वटा समिति गठन गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको उक्त बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासन समिति गठन गरेको मन्त्रिपरिषद्का प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीको संयोजकत्वमा कानुन, न्याय तथा प्रदेश मामिला समिति र स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति गठन गरिएको छ । यस्तै बैठकले प्रदेश निजामती सेवा ऐन, २०७९ लाई दोस्रो संशोधन गर्ने निर्णय गरेको छ । प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन, २०७५ लाई संशोधन गर्ने, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८० लाई खारेज गर्न आज प्रदेश प्रमुखलाई सिफारिस गर्ने समेत बैठकले निर्णय गरेको प्रवक्ता अधिकारीले बताउनुभयो । प्रदेश कृषि व्यवसायलाई प्रवर्द्धन गर्न अनुदान दिने निर्णयलाई संशोधन गर्ने निर्णय गरिएको, कोशी प्रदेश बीउबिजनका सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

यस्तै जीव नाशक विषादी व्यवस्थापनका सम्बन्धमा कानुनी व्यवस्था गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, पुराना घरका काठ गाउँबाट सहरमा ल्याउनरलैजान (ओसारपसार) गर्न ६ महिनाका लागि खुला गर्ने निर्णयसमेत गरिएको मन्त्री अधिकारीले जानकारी दिनुभयो । रासस

spot_img

ताजा समाचार

भोलिदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको तयारी पुरा, पहिलोपटक डीआरएस प्रयोग हुँदै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल...

कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...