डोजरले खोस्यो रोजगारी

Published on

काठमाडौं । विकासे काममा डोजर प्रयोग गर्दा जिल्लाका युवायुवतीको रोजगारी खोसिएको छ । स्थानीयको आयस्रोत नभएपछि जिल्लाका मजदुर गरिखाने कामदारको घरमा घरखर्च चलाउन समस्या भएको छ ।

छायाँनाथ रारा नगरपालिका –६ का स्थानीय देवीलाल भ्यालका अनुसार गाउँमा विकासे काम नपाउँदा बालबच्चासहितको घर चलाउन मुस्किल छ । अन्य सुविधा भोगभन्दा पनि छाक टार्नका लागि घरमा अन्न नहुँदा बिचल्ली सुरु भएको छ । उहाँ भन्नुहुन्छ, ‘घरमै बसेर अनाज आउँदैन, मिहिनेत गर्नलाई ठाउँ छैन आफू त गाउँलेको खेतबारीमा गएर बिहान–बेलुका छाक टार्न सकिएला तर बालबच्चाको मन र पेट भोको छ । बालबच्चासहितको घर चलाउन मुस्किल छ । अन्य सुविधा भोगभन्दा पनि छाक टार्न पाएहुन्थ्यो । जिल्लामा पर्याप्त बेरोजगार जनशक्ति छ, तर यहाँ विकासे कार्यालय र स्थानीय सरकारले अधिकतम डोजरको प्रयोग गरिरहेका छन् । गाउँमा रहेका युवाहरू दिनभर डोजरले सडक खनेको हेर्दै दिन कटाउनुपर्ने बाध्यता छ ।

छायाँनथ रारा नगरपालिका–७ को घुगनेओडारमा भौतिक पूर्वाधार विकास मन्त्रालय कर्णाली प्रदेशको आर्थिक सहयोगमा र जिल्लाको पूर्वाधार विकास कार्यालयको प्राविधिक सहजीकरणमा हिजोआज दुईवटा डोजरले दैनिक काम गरिरहेको स्थानीय धनबहादुर ऐडीले बताउनुभयो । पूर्वाधार विकास कार्यालय मुगुका कार्यालय प्रमुख पदम देवकोटाका अनुसार जिल्लाको खत्याड गाउँपालिका, सोरु गाउँपालिका, मुगुमा कार्मारोङ गाउँपालिका त्यसैगरी छायाँनाथ रारा नगरपालिकामा आर्थिक वर्ष २०८०–८१ मा ३६ वटा योजना डोजरको प्रयोगबाट सडक निर्माण कार्य भइरहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

ओलीको निर्वाचन केन्द्रित एकसाता लामो दौडधुप स्थगन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले एकसाता लामो मतदाता...

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

काठमाडौं । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज...

कार्य सम्पादनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट

काठमाडौं । सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा लगातार दोस्रो पटक मुलुकमै उत्कृष्ट बनेको छ...

कांग्रेसलाई स्वास्थ्यकर्मीको ४१ बुँदे सुधार प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका शुभेच्छा संस्था तथा लोकतन्त्रवादी स्वास्थ्यकर्मीहरूले आगामी निर्वाचनका लागि पार्टीले तयार...