प्रधानमन्त्रीलाई थप दुई मन्त्रालयको कार्यभार

Published on

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्ने गरी दुई मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले पदबाट राजीनामा दिनुभएपछि सोमबार राष्ट्रपति पौडेलले उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयमले सम्हाल्ने गरी तोक्नुभएको हो । स्वास्थ्य मन्त्री यादव, वातावरणमन्त्री सुडी र स्वास्थ्य राज्यमन्त्री खानले प्रधानमन्त्री प्रचण्डसमक्ष नेपालको संविधानको धारा ७७ को उपधार २ को खण्ड क बमोजिम पदबाट राजीनामा दिनुभएको हो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डको सिफारिसमा उहाँहरुले सम्हाल्दै आउनुभएको उक्त मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्री स्वयमले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...