प्रधानमन्त्रीलाई थप दुई मन्त्रालयको कार्यभार

Published on

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्ने गरी दुई मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले पदबाट राजीनामा दिनुभएपछि सोमबार राष्ट्रपति पौडेलले उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयमले सम्हाल्ने गरी तोक्नुभएको हो । स्वास्थ्य मन्त्री यादव, वातावरणमन्त्री सुडी र स्वास्थ्य राज्यमन्त्री खानले प्रधानमन्त्री प्रचण्डसमक्ष नेपालको संविधानको धारा ७७ को उपधार २ को खण्ड क बमोजिम पदबाट राजीनामा दिनुभएको हो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डको सिफारिसमा उहाँहरुले सम्हाल्दै आउनुभएको उक्त मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्री स्वयमले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...