‘सरकार सदनप्रति उत्तरदायी नहुनु दुःखद’

Published on

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अविरल वर्षाका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको आकस्मिक समयमा उहाँले देशभर बाढीपहिरो र डुबानबाट आजसम्म ७४ जनाको निधन, ६ जना बेपत्ता र ८६ घाइते भएका तथा अर्बौंको क्षति भएको बताउनुभयो । सांसद लेखकले बाढीपहिरो र डुबानबाट भएको क्षतिका बारे पत्रपत्रिका पढेर सदनमा सुनाउनुपरेको उल्लेख गर्दै सरकारले यस सम्बन्धमा स्पष्ट पार्न नसक्नु दुःखद भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले विश्वासको मत लिने तयारी गरिरहेको छ । यसमा सरकारले ३० दिन पूरै लिओस् कुनै आपत्ति छैन् तर सरकार हुँदासम्म सदनप्रति उत्तरदायी हुनपर्यो ।”

सांसद लेखकले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन र पुनःस्थापनाका काममा लाग्न आग्रह गर्नुभयो । उहाँले कञ्चनपुरलगायत जिल्लामा बाढीपहिरो र डुबानबाट प्रभावित जनता घरबाहिर बस्नुपरेको बताउँदै तत्काल सहयोग गर्न सरकारको ध्यनाकर्षण गराउनुभयो । रासस

spot_img

ताजा समाचार

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली...

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...