तालमा फसेका चार जनाको उद्धार, एक मृत अवस्थामा फेला

Published on

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालको पानी बस्तीमा पस्दा एक तले घर डुवेर फसेका एकै परिवारका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले गुल्मी जिल्ला घर भई हाल पोखरा बस्दै आएका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीया आयुष्का अधिकारीको उद्धार गरिएको जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरुको सकुशल उद्धार गरेको उहाँको भनाइ छ ।

यसैगरी, सोही महानगरपालिकास्थित सहेलापाटा निवासी ५१ वर्षीय मनबहादुर थापाको जस्ताले छाएको एक तले कच्ची घर पहिरोले पुरिदा उहाँका २२ वर्षीय छोरा भिमबहादुर थापा वेपत्ता हुनुभएको थियो । उहाँको नेपाली सेना, सशस्त्र प्रहरी बल नं. २४ कालिका गण र नेपाल प्रहरीको संयुक्त टोलीले खोजतलास गर्दा बुधबार बिहान ७ बजे मृत अवस्थामा फेला पारेको हो ।

spot_img

ताजा समाचार

जुम्लामा ज्ञानेन्द्र शाहीको फराकिलो अग्रता

काठमाडौं । जुम्ला कनकासुन्दरी गाउँपालिकाको वडा नम्बर १, २, ३, ५, ६ र ७...

झापा–४ मा रास्वपाको अग्रता

काठमाडौं । झापाको क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भुप्रसाद ढकालले सुरुवाती अग्रता लिनुभएको...

पाँचथरमा मतगणना सुरु

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत पाँचथरमा मतगणना कार्य सुरु भएको छ । जिल्लाको...

नवलपुरका दुबै क्षेत्रमा रास्वपाको सुरुवाती अग्रता

काठमाडौं । नवलपुरका दुबै निरणवाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता लिएको...