जनसङ्ख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञको सुझाव

Published on

काठमाडौं । नयाँ बन्ने जनसङ्ख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् । बिहीबार जनसङ्ख्या दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले २०७८ सालको जनगणनाअनुसार सरकारले नयाँ जनसङ्ख्या नीति बनाइरहेको भन्दै नीतिको कार्यान्वयमा जोड दिन आग्रह गरेका हुन् । उनीहरुले विगतमा बनेका जनसङ्ख्या नीतिहरु पनि कार्यान्वयन नहुँदा प्रभावकारी बन्न नसकेको उदाहरण दिँदै सरकारले नीति कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताए । कार्यक्रममा बोल्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव ऋतु पन्तले जनसङ्ख्या अहिले लाभांशको रुपमा लिइरहेको उल्लेख गर्नुहुँदै जनसङ्ख्याको लाभांश लिन नसकेको बताउनुभयो । उहाँले जनसङ्ख्याको लाभांश अहिले नै प्रयोग गर्न नसक्ने अवस्थामा रहेको बताउनुभयो ।

उपसचिव पन्तले युवाहरु विदेश पलायन भइरहेको र भएका युवाहरु पनि देशका लागि प्रयोग भइरहेको छ की छैन भन्नेबारेमा अध्ययन हुन आवश्यक रहेको जानकारी दिनुभयो । उहाँले युवाहरु विदेशमा गएर योगदान गरिरहेको तर नेपालमा युवाहरुले रेमिट्यान्सको मात्रै योगदान दिइरहेको बताउनुभयो । उहाँले तत्कालको फाइदाका लागि रेसमट्यान्सबाट देश चलाउने सोच रहेपनि भविष्यलाई फाइदाजनक नरहेको जिकिर गर्नुभयो । उहाँले बाह्य र आन्तरिक बसाइसराइँको समस्या विकराल बन्दै गएको बताउनुभयो । मन्त्रालयले जनसङ्ख्या नीति बनाइरहेको भन्दै जनसङ्ख्या नीति एउटा वर्ग र मन्त्रालयको मात्रै नहुने बताउनुभयो । उहाँले देशको स्रोत नै जनसङ्ख्या भएको उल्लेख गर्दै विकासका काम जनसङ्ख्यामा निर्भर रहेर हुनुपर्ने बताउनुभयो । बनाइएका जनसङ्ख्या नीतिहरुको कार्यान्वनयमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा बोल्नुहुँदै प्रा।डा। योगेन्द्रबहादुर गुरुङले जनसङ्ख्या आफैँ स्रोत, साधन र साध्य भएको बताउनुभयो । उहाँले मानवीय स्रोतको सदुपयोग गरी मानवले मानव हितका लागि विकास गर्न आवश्यक रहेको जिकिर गर्नुभयो । राजनीतिक, सामाजिक नीति तथा योजना बनाउँदा जनसङ्ख्याकै आवश्यक हुने बताउनुभयो । उहाँले धेरै नीति योजनाहरु भनेजस्तो सफल नहुने कारण जनसङ्ख्याकै सही मूल्याङ्कन नहुनु रहेको बताउनुभयो । यसैगरी, एजिङ नेपालका निर्देशक प्रकाश गौतमले जनसङ्ख्याका हिसावमा नेपालले ज्येष्ठ नागरिकका विषयमा चिन्ता गर्नुपर्ने कारण नरहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको जनसङ्ख्या नेपालमा ए लाख २५ हजार मात्रै रहेको जानकारी दिनुभयो । औषत आयु बढ्दै जाँदा रिटायरमेण्ट र औषत आयु हेर्दा २० वर्ष आयु बढाएको र २० वर्ष आयुलाई कसरी इंगेज गर्ने भन्नेकुरा महत्त्वपूर्ण रहेको बताउनुभयो ।

त्यस्तै, नेपाल जनसङ्ख्या संघका अध्यक्ष डा।पदमप्रसाद खतिवडाले जनसङ्ख्या व्यवस्थापनको योजना बनाउँदा बनाउँदै आफैँ नियन्त्रण हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले जनसङ्ख्याको अवस्थालाई अध्ययन गरेर मात्रै नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बोल्नुहुँदै अन्य वक्ताहरुले बाह्य बसाइसराइँको अवस्था विकराल हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका गर्नुभएको छ । जनसङ्ख्याको वितरणमा असमानता रहेको उहाँहरुले बताउनुभएको छ । उहाँहरुले नेपालको जनसाङ्ख्यिक लाभांश पूर्ण उपयोग हुन नसकेको, अव्यवस्थित शहरीकरणको मारमा नागरिकहरु परेको भनाइ व्यक्त गर्नुभयो ।

spot_img

ताजा समाचार

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली...

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...