फराकिलो मतान्तरले जितेपछि डा. लेखजंग थापाको प्रतिबद्धता : “जनताको आशा पूरा गर्न योजनासहित अघि बढ्छु”

Published on

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. लेखजंग थापाले आफ्नो फराकिलो मतान्तरको जितले जनताप्रति अझ ठूलो जिम्मेवारीको बोध गराएको बताएका छन्। निर्वाचनपछि पहिलो पटक स्थानीय सञ्चारकर्मीहरूसँग बुधबार भैरहवामा भएको भेटघाटमा उनले आफूले पाएको जनमतलाई सम्मान गर्दै विकास निर्माणका काम र समाजमा आमूल सुधारका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित थापा यसपटकको निर्वाचनमा सबैभन्दा धेरै मतान्तरले विजयी हुने प्रतिनिधिसभा सदस्य बनेका छन्। उनले ५८ हजार ८१४ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धीलाई ५० हजार ३७९ मतान्तरले पराजित गरेका हुन्। थापाले आफ्नो विजयले जनताको गहिरो विश्वास र अपेक्षा झल्काएको उल्लेख गर्दै त्यसलाई जिम्मेवारीका रूपमा लिएको बताए। “मेरो जितमा देखिएको ठूलो मतान्तरले जनताप्रतिको जिम्मेवारी झनै बढेको महसुस गराएको छ,” उनले भने, “यस मतान्तरभित्र आम नागरिकले मप्रति राखेको आशा, भरोसा र जिम्मेवारी लुकेको छ। त्यसलाई पूरा गर्न म स्पष्ट योजना बनाएर अगाडि बढ्नेछु।”

उनले देशलाई राम्रो र समृद्ध बनाउन विकाससँगै भ्रष्टाचारमुक्त शासन प्रणाली र सुशासन अत्यावश्यक रहेको पनि बताए। समाजमा आमूल सुधार ल्याउन सबै पक्षको सहकार्य जरुरी रहेको उनले जोड दिए।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...