जिल्ला प्रशासन गुल्मीमा विद्युतीय टोकन सिस्टम सुरु

Published on

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवाग्राहीको सहजताका लागि विद्युतीय टोकन सिस्टम सुरु गरेको छ । सेवाग्राहीको भीड र लामो लाइन लगाएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि विद्युतीय टोकन सिस्टम सुरु गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको हो ।

प्रशासनमा सेवाग्राहीको भीड लाग्ने र सेवा लिनका लागि तँछाडमछाड गर्ने भएकाले सहजताका लागि विद्युतीय टोकन सिस्टम सुरु गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । विद्युतीय टोकन सिस्टममा राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र र राजस्वका लागि बैङ्क सेवामा टोकन लिन सकिने व्यवस्था गरिएको छ । सेवाग्राहीले लिएको टोकनको नम्बर अनुसार पालो आउने भएकाले सहज रुपमा सेवाग्राहीले सेवा लिने सक्ने र सुशासन पनि कायम हुने शर्माको दाबी छ।प्रशासनमा सेवा लिन आउने सेवाग्राहीले अब बिना झन्झट कसैको भनसुन नलगाई सेवा लिन सकिने व्यवस्था गरेकाले यसलाई सधै कायम राख्न सेवाग्राहीहरुले प्रशासनलाई आग्रह गरेका छन् ।

दुई लाखभन्दा बढी मूल्य पर्ने विद्युतीय सिस्टमको टोकन मेसिन ग्लोबल आइएमइ बैंकले प्रशासनलाई सौजन्य गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । विद्युतीय टोकन सिस्टम सुरु भएपछि प्रशासनबाट प्रदान गरिने सेवा प्रवाहमा थप टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

बृहत् पाशुपत पदयात्रा हुने

काठमाडौं । पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा...

निर्वाचनपछि कांग्रेसको पहिलो बैठक : समानुपातिक सांसद छान्न छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१...

राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको...

‘निर्वाचन सम्पन्न भयो, अब मुलुकले निकास पाउँछ’

काठमाडौं । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई...