इजरायली सेना पछि हटेपछि गाजा शहरमा ६० भन्दा बढी शव फेला

Published on

काठमाडौं । इजरायलको पूर्वी शहर शुजैयाको भग्नावशेषबाट ६० भन्दा बढी शव फेला परेका इजरायलको सरकारी समाचार संस्था वाफाले जनाएको छ ।

वाफाका अनुसार इजरायली हवाई आक्रमण र स्थलगत कारबाहीले शुजैयामा ८५ प्रतिशतभन्दा बढी आवासीय भवनध्वस्त भएका छन् । रिपोर्टमा भनिएको छ, “सम्पूर्ण आवासीय भवनहरू भत्केका छन् । सडकहरू भत्केका छन् र यस क्षेत्रभरिका अन्य महत्त्वपूर्ण पूर्वाधार लक्षित गरिएको छ । यसैबीच इजरायली सेनाले तेल अल–हवा क्षेत्र र गाजा शहरका अन्य केही स्थानमा आक्रमण जारी राखेको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले बुधबार एक विज्ञप्ति जारी गर्दै इजरायली सेनाले शुजैया क्षेत्रमा आफ्नो अभियान पूरा गरेको जनाएको छ । कारबाहीको अन्तिम दिन इजरायली सेनाले धेरै भूमिगत सुरुङ मार्गध्वस्त पार्नुका साथै सुरुङभित्र हातहतियार, ल्यापटप र सञ्चार उपकरण फेला पारेको विज्ञप्तिमा उल्लेख छ । आईडीएफले उक्त क्षेत्रमा ‘आतङ्कवादी र आतङ्कवादी संरचना’ हरूको उपस्थिति रहेको सङ्केत गर्ने गुप्तचर रिपोर्टहरूको आधारमा अभियान सञ्चालन गरेको बताएको छ र आक्रमण अघि ‘नागरिकहरूको क्षति कम गर्न’ धेरै कदमहरू चालेको बताएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा इजरायलको दक्षिणी सीमाबाट गरिएको हमासको आक्रमणमा कम्तीमा करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको थियो र २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो । गत २४ घण्टामा इजरायली सेनाको कारबाहीमा थप ५० जनाको मृत्युभएको र अन्य ५४ जना घाइते भएको उल्लेख गरिएको छ । सन् २०२३ को अक्टोबरको सुरुमा प्यालेस्टाइन–इजरायल द्वन्द्व सुरु भएयता मृत्यु हुने प्यालेष्टिनीको सङ्ख्या ३८ हजार ३४५ पुगेको र ८८ हजार २९५ जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस\रासस

spot_img

ताजा समाचार

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्नुहुने भएको छ । नेपाली...

रेसुङ्गा पार्कले बढायो आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं । गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा...

महिला लिग : संकटाको विजयी सुरुवात

काठमाडौं । संकटा क्लबले सहिद स्मारक एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति...