सहारा बन्दै मानव सेवा आश्रम

Published on

काठमाडौं । ७० वर्षीय सोमबहादुर परियारले जीवनका सात दशक सडककिनारमै बिताउनुभयो । मानसिक सन्तुलन ठिक नहुँदा झनक्क रिसाउने उहाँको स्वभाव थियो । शरीरभरि फोहोरैफोहोर बोकेर सडकमा कष्टकर जीवन बिताइरहनुभएका परियारलाई चितवनबाट एक महिनाअघि उद्धार गरेर मानव सेवा आश्रम हेटौँडा ल्याइयो ।

यस्तै इजरायलमा केयरगिभर काममा गएर २०६६ मा नेपाल फर्किनुभएकी जानकी गजुरेल महर्जन छोरी र पति गुमाएपछि विक्षिप्‍त हुनुभयो । २० वर्षकी छोरी ब्रेनट्युमर र पति क्यान्सरले गुमाएपछि काठमाडौँ बालाजु बस्दै आउनुभएकी महर्जन डिप्रेसनको सिकार हुनुभयो । उहाँलाई करिब पाँच वर्षअघि उद्धार गरेर हेटौँडा ल्याइएको हो । नियमित औषधि सेवन र स्याहारले उहाँको स्थितिमा सुधार आएको छ । लागूऔषध कुलतमा फसेर मनोरोगी बन्नुभएका हेटौँडाका गोपाल सापकोटा घर तथा वरपर नाङ्गै हिँड्न थालेपछि समस्या भएको थियो । परिवारका सदस्य उहाँलाई कोठामै थुनेर राख्न बाध्य भए । परिवारको सहकार्यमा उद्धार गरी मानव सेवा आश्रममा नियमित उपचार र औषधी गर्दा उहाँको दिनचर्या र जीवनशैलीमा परिवर्तन आएको छ ।

उहाँहरूजस्तै विविध कारणले सडकमा जीवन बिताउन बाध्य १० हजारभन्दा बढीको अहिले साझा थलो बनेको छ– मानव सेवा आश्रम । मानव सेवा आश्रमका कोषाध्यक्ष होमनाथ तिमल्सिनाका अनुसार आश्रमले तीन हजार ९२० सफल पारिवारिक पुनर्मिलन गराइसकेको छ । जसमा दुई हजार २०३ पुरुष र एक हजार ७१७ महिला छन् । आश्रम स्थापनाकालदेखि हालसम्म आश्रितमध्ये एक हजार २१६ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ८८७ पुरुष र ३९४ जना महिला छन् । तीन हजार ३८१ जनाले स्वेच्छिक रूपमा आश्रम छाडेका छन् भने ८४० जना समुदायमा पुनस्र्थापित भएका छन् । आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्यसहित २०६९ सालदेखि देशव्यापी रूपमा सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारीरिक तथा मानसिक रूपमा अति कमजोर मानवको उद्धार, उपचार, पालनपोषण एवं पारिवारिक पुनर्मिलनको सेवा दिँदै आएको छ । गोरखापत्र

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...