मातृशक्तिले गरे विष्णुसहस्रनामको पाठ

Published on

काठमाडौं । एक जना बालिकाको संस्कृत शिक्षाको प्रश्नले एउटा अभियानको थालनी गरेको छ । त्यही अभियान अन्तर्गत सञ्चालन भएको घर–घरमा गुरुकुल शिक्षाबाट घरमा नै बसेर संस्कृत अध्ययन गरेको १०८ मातृशक्तिले शनिबार १०८ आवृत्ति विष्णुसहस्रनाम स्तोत्र एक स्वर र लयमा पाठ गरेका हुन् । त्रिशक्ति एकादशी संस्कृति समाजले पशुपतिनाथ परिसरमा रहेको श्रीशङ्कराचार्य मठमा आयोजित कार्यक्रममा १०८ जनाले वाचन गर्ने कार्यक्रम रहेको भए पनि १२३ जनाले पाठ गरेको जनाइएको छ । आयोजकका अनुसार नेपालमा यसरी यतिको सङ्ख्यामा महिलाबाट वाचन भएको यो पहिलो पटक हो । घर–घरमा गुरुकुलका संस्थापक आचार्य कपिलदेव सुवेदीका अनुसार २०७६ सालमा कोरानाकालमा पाँच वर्षीया बालिका सान्भी सुमन प्रसाइँले संस्कृत शिक्षा कहाँ लिन पाइन्छ रु भनी गरेको प्रश्नका आधारमा घरमा नै संस्कृत सिकाउने अभियान थालिएको छ ।

त्यस अभियान अन्तर्गत महिलाले घरमा नै बसेर अनलाइनबाट संस्कार शिक्षा, नित्यकर्म, दुर्गा सप्तशती, श्रीमद्भागवत गीतालगायतका संस्कृतका स्तोत्रको अध्ययन तथा कथावाचन गरिरहेका छन् । हालसम्म २५ वटा कक्षाबाट पाँच सयभन्दा बढी महिलाले त्यस्तो ज्ञान र वाचन सिकेका छन् । हाल समाजका काठमाडौँ, मकवानपुर र चितवनमा शाखा छन् भने ललितपुर र भक्तपुरमा शाखा गठनको तयारी भइरहेको छ । संस्कार शिक्षा नेपालबाट मात्र नभई अमेरिकाबाट पनि सञ्चालनमा रहेको आचार्य कपिलदेवले जनाउनुभयो । श्री १००८ डा. रामानन्द गिरीको परिनिर्वाणको सातौँ वार्षिक समारोहको अवसर पारेर आयोजित समारोहमा संस्कृत शिक्षाका साधकलाई अभिनन्दन गरिएको छ । श्री १००८ स्वामी रमणानन्द गिरी र घर–घरमा गुरुकुल अभियानका संयोजक आचार्य कपिलदेवले प्रा। शिवगोपाल रिसाल, प्रा। भवानीप्रसाद खतिवडा, समाजसेवी रामप्रसाद सुवेदी, मधुसूदन सुवेदी, शान्ति सुवेदी र अभियानको बीजारोपण गर्ने सान्भी सुमन प्रसाइँलाई अभिनन्दन गर्नुभयो ।

त्यसअवसरमा श्री १००८ स्वामी रमणानन्द गिरीले त्रिशक्ति एकादशी संस्कृति समाजको दर्ताको क्रममा धर्मको उद्देश्य राख्न नदिइएकोमा आपत्ति जनाउनुभयो । उहाँले अष्टमूर्तिका चर्चा गर्दै मानव शरीर आफैमा त्यस्तो मूर्ति हुने बताउनुभयो । प्रा. शिवगोपाल रिसालले आमासमान गुरु कोही नहुने भन्दै घर–घरमा गुरुकुल अभियानले मातृशक्तिलाई अरु सशक्त बनाउने विश्वास गर्नुभयो । त्रिशक्ति एकादशी संस्कृति समाजका अध्यक्ष रीता पाण्डेको सभापत्विमा भएको कार्यक्रममा प्रा। भवानीप्रसाद खतिवडाले वैदिक सनातन धर्मको सम्बन्ध मानव कल्याणसँग हुने बताउनुभयो । रामप्रसाद सुवेदीले दानको महिमाबारे चर्चा गर्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...