सरकारी निकायमा चार्टर्ड एकान्टेण्टको दरबन्दी व्यवस्था गर्न सरकार सकारात्मक : अर्थमन्त्री पौडेल

Published on

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी निकायमा चार्टर्ड एकान्टेण्टका लागि दरबन्दीको व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताउनुभएको छ । शनिबार साँझ काठमाडौँमा नेपाल चार्टर्ड एकाउन्टेण्ट्स संस्थाको दशौँ परिषदको शपथग्रहण समारोहलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलले राज्यका सम्वद्ध निकायहरुमा चार्टर्ड एकान्टेण्टको दरबन्दी राख्ने विषयमा सरकार छिट्टै निष्कर्षमा पुग्नेगरी पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले राज्यका सम्वद्ध निकायहरुमा अर्थ मन्त्रालय, अर्थ मन्त्रालय मातहतका निकाय, महालेखा परीक्षक कार्यालय र त्यसका मातहतका निकायलगायत अन्य निकायहरुमा चार्टड एकाउन्टेण्टका लागि दरबन्दीको प्रवन्ध गरिने बताउनुभयो । अर्थमन्त्री पौडेलले राज्यमा सम्वद्ध निकायमा चार्टर्ड एकान्टेण्टहरुका लागि दरबन्दीको व्यवस्था हुनुपर्ने मागमा सकारात्मक रहेको बताउनुभयो । उहाँले मुलुकको लेखा प्रणालीलाई प्रभावकारी र पारदर्शी बनाउन चार्टर्ड एकान्टेण्टहरुको महत्त्वपूर्ण भूमिका रहेको जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलले कर प्रणालीमा सुधार, आर्थिक पारदर्शिता, जवाफदेहिता र कर्तव्यपरायणता मुलुकको उन्नतिको पूर्वशर्त रहेको बताउनुभयो । उहाँले आगामी दिनमा कर प्रणाली र लेखा परीक्षणको विकासमा आधुनिक प्रविधिको प्रयोगसहित चार्टर्ड एकाउन्टेण्टको विधालाई प्रभावकारी सशक्त र विश्वसनीय बनाउनको निम्ति चार्टर्ड एकाउन्टेण्ट संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गर्नुभयो ।

अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘‘आगामी दिनमा कर प्रणाली र लेखापरीक्षणको विकासमा आधुनिक प्रविधिको प्रयोग सहित चार्टर्ड एकाउन्टेण्टको विधालाई प्रभावकारी,सशक्त र विश्वसनीय बनाउनको निम्ति चार्टर्ड एकाउन्टेण्ट संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । पछिल्ला दिनहरुमा चार्टड एकाउन्टेण्ट सरकारका सम्वद्ध निकायहरुमा चार्टर्ड एकाउन्टेण्टको दरबन्दी प्रबन्ध हुनुपर्छ भन्ने कोणबाट पनि आवाजहरु उठिरहेका छन् । छलफल चलिएरहेको छ । हामीले लेखापरीक्षणको क्षेत्रमा जुन गुणस्तरको अपेक्षा गरेका छौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चार्टर्ड एकान्टेण्टले देखाएको पारदर्शी दक्षताले सरकारी निकायहरुमा चार्टर्ड एकान्टेण्टको दरबन्दी गर्नुपर्ने महशुस गरेको बताउनुभयो । उहाँले सरकारले सरकारी निकायहरुमा लेखापरीक्षणमा चार्टर्ड एकान्टेण्टहरुले देखाएको राम्रो कामका आधारमा दरबन्दीकै व्यवस्था गर्ने पक्षमा सरकार पुगेको उल्लेख गर्नुभयो । गभर्नर अधिकारीले चार्टर्ड एकान्टेण्टको महत्त्व र नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय रुपमा पुर्‍याएको योगदान लोभ लाग्दो रहेको बताउनुभयो । गभर्नर महाप्रसाद अधिकारीले चार्टर्ड एकान्टेण्टसंस्थाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा पनि लेखाप्रणालीलाई पारदर्शी बनाउने गरी काम गर्न थप सक्रियता बढ्ने अपेक्षा रहेको बताउनुभयो ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...