आगामी सातादेखि चाडपर्वलक्षित अनुगमन, थोक र आपूर्ति कम्पनी प्राथमिकतामा

Published on

काठमाडौं । सरकारले नेपालीका चाडपर्व नजिकिएसँगै चाडपर्वलक्षित बजार अनुगमन आगामी सातादेखि गर्ने तयारी थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा चाडपर्वका बेलामा बजारमा हुन सक्ने अवाञ्छित क्रियाकलापलाई नियन्त्रण गर्ने उद्देश्यका साथ आउँदो सातादेखि चाडपर्वलक्षित अनुगमनको तयारी गरेको हो । विभागका महानिर्देशक राजन पौडेलले थप कर्मचारी माग गरिसकेकाले आउँदो सातादेखि चाडपर्वमा बढी खपत हुने सामानमा केन्द्रित भएर १० वटा टोलीले अनुगमन गर्ने जानकारी दिनुभयो । सामान्य अवस्था चार वटा टोलीले अनुगमन गर्दै आएकोमा चाडपर्वका बेलामा १० वटा टोलीले छुट्टाछुट्टै वस्तुको अनुगमन गर्ने गरी तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो ।

हाल बजार अनुगमनका लागि विभागसँग सीमित मात्रै जनशक्ति भएकाले सामान्य प्रशासनबाट आवश्यक जनशक्ति पठाउने सहमति भइसकेकाले सोही अनुसार अर्को साताबाट अनुगमन गर्ने तयारी गरेको उहाँको भनाइ छ । बजार अनुगमनको नेतृत्व वाणिज्य विभागले लिए पनि बजार अनुगमन सबै सरोकारवाला निकायसँगको सहकार्यमा संयुक्त बजार अनुगमन गरिने विभागले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट यसै साता चाडपर्वमा बजारमा आपूर्ति व्यवस्थालाई सहज बनाउन, बजार अनुगमन गरी स्वस्थ र स्वच्छ बजार कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलगायतलाई निर्देशन भइसकेको छ ।

विभागका महानिर्देशक पौडेलका अनुसार प्रधानमन्त्री ओलीले निर्देशकसँग स्वच्छ र प्रतिस्पर्धी बजार कायम गर्न सरकारबाट हुन सक्ने सहयोगमा कमी हुन नदिनेसमेत आवश्वासन प्राप्त भएको छ । त्यसैले आपूर्ति व्यवस्थालाई सहज गराउने र बजार अनुगमन र नियमन गरेर स्वच्छ तथा प्रतिस्पर्धी बजार कायम गर्न जिम्मा पाएको उपभोक्ता संरक्षण विभागले आफ्नो नेतृत्वमा आउने सातादेखि अनुगमन गर्ने तयारी गरेको जनाएको छ । अहिलेको बजार अनुगमन खुद्रा पसलमा नभएर थोक र आपूर्ति कम्पनीलक्षित अनुगमनलाई बढी प्राथमिकता दिइने विभागले जनाएको छ । विभागका अनुसार चाडपर्वलक्षित अनुगमनमा सोबेलामा खपत हुने खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासु, तरकारी, फलफूललगायतका खुद्राभन्दा पनि थोक र आपूर्तिकर्ताको गोदाममा अनुगमन गरिने छ ।

चाडपर्वको समयमा व्यापारीहरूले जथाभाबी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तु बेच्नेलगायतका समस्या देखिने गरेकाले विभागले अनुगमनलाई सक्रिय रूपमा अगाडि बढाउँदै आएको छ । विभागले सबै अनुगमन टोलीलाई वस्तु र क्षेत्र नै ताकेर अनुगमन सुरु गर्न निर्देशन दिइने महानिर्देशक पौडेलले बताउनुभयो । त्यस्तै विषयगत विभागहरू खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, मुलकभरका सबै जिल्ला प्रशासन कार्यालयका बजार अधिकृत, प्रदेश र पालिकासमेतलाई बजारमा उपस्थिति बढाउन विभागले पत्राचार गरिसकेको जनाएको छ ।

बजार अनुगमन व्यवसायीलाई आतङ्क फैलाउने र तत्काल जरिबाना गरेर तर्साउने उद्देश्यले नभएर बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु बिक्रीवितरण नगरी उपभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनका क्रममा कारबाहीको दायरामा ल्याउने विभागको तयारी छ । चाडपर्वलक्षित अनुगमनको तयारी भइरहे पनि विभागले गत सातादेखि नै उद्योग र आपूर्ति कम्पनीको अनुगमन गर्दै आएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...