महिला एसिया कप : दोस्रो खेलमा आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल

Published on

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा आइतबार नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको डम्बुला स्टेडियममा नेपाल र पाकिस्तानको खेल साँझ ७ः१५ बजे सुरु हुँदैछ।

समूह ‘ए’को नेपाल पहिलो खेलमा यूएईमाथि ६ विकेटले विजयी भएको छ। पाकिस्तानमाथि ऐतिहासिक जित निकाल्दै नेपाल सेमिफाइनलको ढोका खोल्न चाहन्छ। तर पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तान पहिलो जितको खोजीमा छ। समूह ‘ए’मा नेपाल र भारतले दुई दुई अंक जोडेका छन् भने यूएई र पाकिस्तान अंकबिहीन छन्। पहिलो खेलमा सुरुमा ब्याटिङ गरेको यूएईले दिएको ११६ रनको चुनौती नेपालले १६.१ ओभरमा ११८ रन बनाउँदै भेट्टाएको थियो।

नेपालको जितका लागि सम्झना खड्काले ४५ बलमा ११ चौकाको मद्दतमा नटआउट ७२ रन बनाउनुभयो। उहाँको यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको पहिलो अर्धशतक हो। नेपालका लागि रुविना क्षेत्रीले ८ बलमा १० रन जोड्दा कप्तान इन्दु बर्माले १० बलमा ६ रन जोड्नुभयो। सीता रानामगर १७ बलको सामना गर्दै ७ रन जोडेर आउट हुँदा कविता कुँवरले २ रन जोड्नुभयो भने पुजा महतो ७ रनमा नटआउट रहनुभयो। यूएईले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११५ रन बनाएको थियो। यूएईलाई सस्तैमा समेट्न नेपालका कप्तान इन्दु बर्माले तीन विकेट लिनुभयो। सबनम राई, कृतिका मरासिनी र कविता जोशीले एकएक विकेट हात पार्नुभयो।

यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाउनुभएको थियो। समूह ‘ए’को नेपालले अब समूह चरणको अन्तिम खेल साउन ८ गते भारतसँग खेल्दैछ। दुई समूहका ८ टिमको प्रतिस्पर्धा हुने यो प्रतियोगितामा शीर्ष चार टिम सेमिफाइनल पुग्नेछन्। समूह ‘बी’मा श्रीलंका, बंगलादेश, थाइल्याण्ड र मलेसिया छन्। समूह ‘बी’का दुई खेल सकिँदा थाइल्याण्ड र श्रीलंकाले दुईदुई अंक जोडेका छन्। बंगलादेश र मलेसिया भने अंकबिहीन छन्।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...