महिला एसिया कप : दोस्रो खेलमा आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल

Published on

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा आइतबार नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको डम्बुला स्टेडियममा नेपाल र पाकिस्तानको खेल साँझ ७ः१५ बजे सुरु हुँदैछ।

समूह ‘ए’को नेपाल पहिलो खेलमा यूएईमाथि ६ विकेटले विजयी भएको छ। पाकिस्तानमाथि ऐतिहासिक जित निकाल्दै नेपाल सेमिफाइनलको ढोका खोल्न चाहन्छ। तर पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तान पहिलो जितको खोजीमा छ। समूह ‘ए’मा नेपाल र भारतले दुई दुई अंक जोडेका छन् भने यूएई र पाकिस्तान अंकबिहीन छन्। पहिलो खेलमा सुरुमा ब्याटिङ गरेको यूएईले दिएको ११६ रनको चुनौती नेपालले १६.१ ओभरमा ११८ रन बनाउँदै भेट्टाएको थियो।

नेपालको जितका लागि सम्झना खड्काले ४५ बलमा ११ चौकाको मद्दतमा नटआउट ७२ रन बनाउनुभयो। उहाँको यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको पहिलो अर्धशतक हो। नेपालका लागि रुविना क्षेत्रीले ८ बलमा १० रन जोड्दा कप्तान इन्दु बर्माले १० बलमा ६ रन जोड्नुभयो। सीता रानामगर १७ बलको सामना गर्दै ७ रन जोडेर आउट हुँदा कविता कुँवरले २ रन जोड्नुभयो भने पुजा महतो ७ रनमा नटआउट रहनुभयो। यूएईले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११५ रन बनाएको थियो। यूएईलाई सस्तैमा समेट्न नेपालका कप्तान इन्दु बर्माले तीन विकेट लिनुभयो। सबनम राई, कृतिका मरासिनी र कविता जोशीले एकएक विकेट हात पार्नुभयो।

यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाउनुभएको थियो। समूह ‘ए’को नेपालले अब समूह चरणको अन्तिम खेल साउन ८ गते भारतसँग खेल्दैछ। दुई समूहका ८ टिमको प्रतिस्पर्धा हुने यो प्रतियोगितामा शीर्ष चार टिम सेमिफाइनल पुग्नेछन्। समूह ‘बी’मा श्रीलंका, बंगलादेश, थाइल्याण्ड र मलेसिया छन्। समूह ‘बी’का दुई खेल सकिँदा थाइल्याण्ड र श्रीलंकाले दुईदुई अंक जोडेका छन्। बंगलादेश र मलेसिया भने अंकबिहीन छन्।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...