मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु

Published on

काठमाडौं । शुक्रबार राती भएको सवारी दुर्घटनामा घाइते भएकी महिलाको आइतबार बिहान मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. २, आँपटारीस्थित बाइपास सडकमा विशोलचोकबाट आँपटारी तर्फ गइरहेको मोटरसाइकलको ठक्करबाट ४२ वर्षीय सुष्मा श्रेष्ठ गम्भीर घाइते हुनुभएको थियो ।

भरतपुर २ घर हुनुभएको श्रेष्ठको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आइतबार बिहान करिब ११ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मोटरसाइकल चालक जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार सूर्य न्यौपानेले चलाएको ना २१ प १७१५ नम्बरको मोटरसाइकलले राती करिब ९ः३० बजेको समयमा ठक्कर दिएको थियो । मोटरसाइकल चालकले मदिरा सेवन गरेका कारण दुर्घटना भएको मृतकका आफन्तले आरोप लगाएका छन् । महिलालाई ठक्कर दिने मोटरसाइकल चालक समेत घाइते भई पुरानो मेडिकल कलेजमा उपचारपछि जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइराखेको प्रहरीले जानकारी दिएको छ । घटना शुक्रबार भएपछि घाइतेको मृत्यु भएपछि मात्र प्रहरीले दुर्घटनाको विषयमा आइतबार दिउसो जानकारी दिएको हो । गोरखापत्र

ताजा समाचार

ट्रम्पको रिस टार्न खोज्दै मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता...

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्धन गर्ने उद्देश्यले...

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका खेलाडी सहभागी हुने

काठमाडौँ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका १ सय ५० खेलाडी सहभागी हुने...

बेवारिसे शव फेला

काठमाडौँ । बैतडीको खोड्पे बजारनजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान...