मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु

Published on

काठमाडौं । शुक्रबार राती भएको सवारी दुर्घटनामा घाइते भएकी महिलाको आइतबार बिहान मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. २, आँपटारीस्थित बाइपास सडकमा विशोलचोकबाट आँपटारी तर्फ गइरहेको मोटरसाइकलको ठक्करबाट ४२ वर्षीय सुष्मा श्रेष्ठ गम्भीर घाइते हुनुभएको थियो ।

भरतपुर २ घर हुनुभएको श्रेष्ठको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आइतबार बिहान करिब ११ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मोटरसाइकल चालक जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार सूर्य न्यौपानेले चलाएको ना २१ प १७१५ नम्बरको मोटरसाइकलले राती करिब ९ः३० बजेको समयमा ठक्कर दिएको थियो । मोटरसाइकल चालकले मदिरा सेवन गरेका कारण दुर्घटना भएको मृतकका आफन्तले आरोप लगाएका छन् । महिलालाई ठक्कर दिने मोटरसाइकल चालक समेत घाइते भई पुरानो मेडिकल कलेजमा उपचारपछि जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइराखेको प्रहरीले जानकारी दिएको छ । घटना शुक्रबार भएपछि घाइतेको मृत्यु भएपछि मात्र प्रहरीले दुर्घटनाको विषयमा आइतबार दिउसो जानकारी दिएको हो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...