बैतडीका सरकारी कार्यालयबाट ८७ करोड बजेट फिर्ता

Published on

काठमाडौं । गत आर्थिक वर्ष २०८०\८१ मा यहाँका सरकारी कार्यालयको ८७ करोड बढी रकम फिर्ता खर्च हुन नसकेर फिर्ता भएको छ । सङ्घ र प्रदेश सरकार मातहतका यहाँका कार्यालयबाट ८७ करोड ११ लाख पाँच हजार चार सय ४८ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भवानी भट्टले जानकारी दिनुभयो ।

सङ्घीय सरकार मातहतका कार्यालयमा गत आर्थिक वर्षमा चालुतर्फ पाँच अर्ब ९५ करोड ६७ लाख ७७ हजार सात सय ८८ बजेट आएको थियो । उक्त बजेटमध्ये पाँच अर्ब ६३ करोड ८९ लाख ४९ हजार तीन सय २४ खर्च भएको छ । यस्तै, पुँजीगततर्फ ७१ करोड ३९ लाख ६२ हजार छ सय पाँच बजेट आएको र सोमध्ये ६० करोड ७२ लाख दुई हजार एक सय १६ खर्च भएको सङ्घीय कार्यालयहरुमा कूल बजेट छ अर्ब ६७ करोड ७० लाख ४० हजार तीन सय ९३ प्राप्त भएकामा छ अर्ब २४ करोड ६१ लाख ५१ हजार चार सय ४१ खर्च भएको छ । यसरी गत आर्थिक वर्षमा सङ्घीय कार्यालयहरुबाट खर्च हुन नसकेर ४२ करोड ४५ लाख ८८ हजार नौ सय ५१ फिर्ता भएको लेखापाल भट्टले बताउनुभयो । प्रदेशका कार्यालयहरुमा चालुतर्फ ७२ करोड ८८ लाख ४१ हजार सात सय ४३ बजेट प्राप्त भएकामा ६१ करोड २२ हजार छ सय ६१ खर्च भएको छ । यस्तै, पुँजीगततर्फ एक अर्ब ८२ करोड २१ लाख ४५ हजार बजेट प्राप्त भएकामा एक अर्ब ४९ करोड ४४ लाख ४७ हजार पाँच ८३ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रदेशका कार्यालयहरुमा गत आर्थिक वर्षमा दुई अर्ब ५५ करोड नौ लाख ८६ हजार सात सय ४३ बजेट आएकामा दुई अर्ब एक करोड ४४ लाख ७० हजार दुई सय ४५ खर्च भएको छ । प्रदेशका कार्यालयबाट ४४ करोड ६५ लाख १६ हजार चार सय ९७ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...