बिपीको विचार चिरस्थायी : मुख्यमन्त्री पाण्डे

Published on

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिपी कोइरालाको विचारलाई चिरस्थायी राख्नका लागि मुलुकमा राजनीतिक स्थिरता कायम हुनुपर्ने बताउनुभएको छ । ४२ आँबिपी स्मृति दिवसका अवसरमा बिपी स्मृति पुस्तकालयद्वारा आयोजित कार्यव्रममा उहाँले सो कुरा बताउनुभएको हो । बिपी कोइराला, वर्तमान राजनीति र पठन संस्कृति विषयक गोष्ठीमा मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “राजनीति कुर्सी र सत्ताका लागि मात्र नभएर जनताको जीवनस्तर परिवर्तन गर्नका लागि पनि हो । स्व। बिपी कोइरालाको दूरदृष्टिका कारण नेपालमा लोकतन्त्र आएको छ, यसलाई गम्भीर भएर नेपाली जनतासमक्ष प्रतिफल दिन सक्नुपर्ने अवस्था आएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनप्रति लक्षित गर्दैै उहाँले अहिलेको गठबन्धनले पनि स्थायित्व दिन सकेन भने मुलुकमा झनै राजनीतिक सङ्कट आउने बताउनुभयो । प्रदेश सरकारले चार दिनमा बजेट बनाएको वृत्तान्त राख्ँदै उहाँले कहिले कुन सरकार आउने र कसले बजेटको स्वामित्व स्वीकार गर्ने जस्ता राजनीतिक एजेन्डाले नागरिकमा नकारात्मक सन्देश दिएको बताउनुभयो ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुव्रराज शर्माले प्रजातन्त्रमा नै सबै क्षेत्र समेटिने भएकाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताउनुभयो । उहाँले बिपी कोइराला नेपालको मात्र नभई विश्वको नेता भएको स्मरण गर्नुभयो । कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले बिपी कांग्रेसको मात्र नभई युगले मागेको साझा नेता भएको स्मरण गर्नुभयो । वामपन्थी नेता राजनीतिज्ञ एवं वरिष्ठ अधिवक्ता तिलक पराजुलीले बिपीले भारत र चीनसँग मात्र नभई बेलायत र अमेरिकासम्म परराष्ट्र नीतिलाई आफ्नो पक्षमा राखेको बताउनुभयो । प्राडा कुसुमाकर न्यौपानेले राजनीतिसँगै नेपाली साहित्यमा पनि मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित रहेको बताउँदै यस क्षेत्रमा उहाँको योगदान अतुलनीय रहेको बताउनुभयो । कवि शिव त्रिपाठीले विश्वेश्वरप्रसाद (बिपी) कोइरालाले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेको स्मरण गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...