लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

Published on

काठमाडौं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामहरि घिमिरेले औषधी आपूर्तिको बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग ६ लाख घुस लिएको आरोपमा सोमबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिनुभयो । उहाँका अनुसार माग गरेको औषधी आपूर्तिको बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाबाट खटिई गएको टोलीले अधिकृत कोइरालालाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

अधिकृत कोइरालाले एक लाख ५० हजार रुपियाँ नगद र चार लाख ५० हजारको चेक लिइसकेको अवस्थामा भरतपुर महानगरपालिका –४ कटहर चोकबाट साउन ६ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...