बोलबम सुरु : कोशी नदीमा जल भर्नेको भिड

Published on

काठमाडौं । सुनसरीको विभिन्न स्थानमा रहेको शिवालय तथा शिव मन्दिरहरुमा बोलबम सुरु भएको छ । साउन महिनाको पहिलो सोमबारबाट सुरु भएको भगवान शिवको पुजापाठ तथा सोमबार उपवास बस्नेहरुले नदी तथा जलासयबाट जल ल्याएर अर्पण गर्ने गरि बोलबम सुरु भएको छ । जिल्लामा बोलबम सुरु भएपछि सोमबार सप्तकोशी नदीको चतरा, राजाबास र कोशी व्यारेज क्षेत्रमा जल भर्नेहरुको भिड लागेको छ । हजारौंको सङ्ख्यामा बोलबम जाने भक्तजनहरुले स्थान गर्ने र जल लिएर आ आफ्नो क्षेत्रको शिवालयमा जानेहरु एकसाथ आएकाले कोशी नदीमा जल भर्नेहरुको भिड बढेको हो । सप्तरीको बलुवा सहितको क्षेत्र र सुनसरीको भोक्राहा नरसिंह, हरिनगर गाउँपालिकाको रामनगरभुटाहा विशाल मिथलेश्वर बाबाधाममा जल अपर्ण गर्नका लागि बोलबमका भक्तजनहरु एकसाथ कोशी नदीमा आएकाले जल भर्नेहरुको भिड बढेको कोशी ८ भाण्टाबारीका देवराज यादवले जानकारी दिनुभयो ।

त्यसैगरी इनरुवा ९ बबियाको शिव शक्ती मन्दिर र शिव मन्दिरमा समेत सोमबारबाट बोलबम सुरु भएको मन्दिर समितिका अध्यक्ष जोगिन्द्र शर्माले जानकारी दिनुभयो । हजारौं भक्तजनले कोशी नदीमा जल भरेर मन्दिरमा जलअपर्ण गरेको बताउनुभयो । उता भोक्राहा नरसिंह गाउँपालिकाका सुरेन्द्र मेहताका अनुसार श्रावणको पहिलो सोमबार गाउँठाउँका शिवालयहरुमा श्रद्धालु भक्तजनहरुले विहानै देखि जल अर्पण गरिरहेकाले भिड बढेको छ ।

भोक्राहा नरसिंह २ अकाहा बजारमा रहेको जलेश्वर शिव मन्दिरमा पनि सप्तकोशी नदीको राजाबास घाटबाट जल भरी श्रद्धालु भक्तजनहरुले जलेश्वर मन्दिरमा जल अर्पण गरेको छ । श्रावण महिना भगवान शिवको प्रिय महिनाको रुपमा मानिन्छ । जानकारहरुका अनुसार समुन्द्र मन्थनबाट निस्केको विष भगवान शिवले पिएका थिए । बिष पिएपछी शिवको जिउबाट बिषको लहर उत्पन्न भएको थियो । शिवको जिउबाट उतप्न्न भएको विषको लहर साउनको जल अर्पण गर्नाले घर परिवारमा दुख, कष्ट कल खण्ड, रोग ब्यादी, भव्य बचन र आकस्मिक मृत्युबाट जोगिनुका साथै व्याक्ती तथा परिवारमा सुख, समृद्धि आउने धार्मिक विश्वास रहेको छ । श्रावण महिनामा भगवान शिवलाई जल, तिल, हल्दी, दूध, बेलपत्र, धतुरो, गाजा, घ्यु लगायत शिव लिङ्गमा अर्पण गर्नाले भगवान शिव प्रसङ्ग हुने पनि धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...