स्याङ्जा अस्पतालमा बालरोग सघन उपचार सेवा

Published on

काठमाडौं । गण्डकी प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल स्याङ्जामा बालरोग सघन उपचार सेवा(आइसीयू) औपचारिक रुपमा सुरु गरिएको छ । गत वैशाख महिनादेखि अस्पतालमा बालविशेषज्ञसहित प्रवाह गरिए पनि अब सबै उपकरणसहित सेवा दिन थालिएको हो । यहाँ भेन्टिलेटर सहितको नजजाात शिशु उपचार कक्ष(पीआइसीयु) र बालरोग सघन उपचार कक्ष(एनआइसीयु) सेवा सुचारु गरिएको हो । पुतलीबजार नगरपालिका –३ कुमालगाउँमा रहेको अस्पतालमा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले बालरोग सघन उपचार सेवा औपचारिक सुचारु गर्नुभएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुशीलकुमार मरासिनीले अस्पतालमा छ वटा भेन्टिलेटरसहित आठ बेडको बालरोग सघन उपचार कक्ष निर्माण गरी सेवा दिन थालिएको बताउनुभयो । सेवा सुचारु भएपछि बालबालिकाको स्वास्थ्य उपचारमा पोखरा र काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य भएको डा। मरासिनीले बताउनुभयो । पुतलीबजार नगरपालिका(३ कुमालगाउँमा रहेको अस्तालमा डा। विनोद गैरेको समूहले बालरोग विशेषज्ञ सेवा दिनेछ । बालविशेषज्ञ सेवा सुरु भएसँगै स्याङ्जा अस्पतालमा २८ दिनसम्मको बच्चालाई एनआइसीयु, १४ वर्षसम्मका बालबालिकालाई पीआइसीयु तथा वार्ड, ओपिडी सेवा सहज रुपमा पाउने छन् । १५ बेडको मान्यता पाएको जिल्ला अस्तालमा ६० बेडको सेवा दिइँदै आइएको छ भने १३ जना स्थायी कर्मचारीले सेवा दिँदै आएका छन् । यहाँ आँखा, दाँत, शल्यक्रियासहितको प्रसूति सेवा, हाडजोर्नी, फिजियोथेरापीसहितको विशेषज्ञ सेवा अस्पतालले दिँदै आएको छ । गोरखापत्र

ताजा समाचार

सुस्माको ह्याट्रिकमा वालिङको पहिलो जित

काठमाडौँ । बागमती प्रदेशले वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगको सुपर चरणमा पहिलो जित हात...

घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा...

प्रधानमन्त्री कप : मधेशलाई हराउँदै बागमती सुपर फोरमा

काठमाडौँ । बागमती प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० काठमाडौँ । क्रिकेट प्रतियोगिताको सुपर...

नदीजन्य पदार्थको उत्खनन भइरहेको क्षेत्रमा छड्के अनुगमन

काठमाडौँ । जिल्लामा नदीजन्य पदार्थको उत्खनन् भइरहेको क्षेत्रमा जिल्ला समन्वय समितिको टोलीले छड्के अनुगमन...