स्याङ्जा अस्पतालमा बालरोग सघन उपचार सेवा

Published on

काठमाडौं । गण्डकी प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल स्याङ्जामा बालरोग सघन उपचार सेवा(आइसीयू) औपचारिक रुपमा सुरु गरिएको छ । गत वैशाख महिनादेखि अस्पतालमा बालविशेषज्ञसहित प्रवाह गरिए पनि अब सबै उपकरणसहित सेवा दिन थालिएको हो । यहाँ भेन्टिलेटर सहितको नजजाात शिशु उपचार कक्ष(पीआइसीयु) र बालरोग सघन उपचार कक्ष(एनआइसीयु) सेवा सुचारु गरिएको हो । पुतलीबजार नगरपालिका –३ कुमालगाउँमा रहेको अस्पतालमा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले बालरोग सघन उपचार सेवा औपचारिक सुचारु गर्नुभएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुशीलकुमार मरासिनीले अस्पतालमा छ वटा भेन्टिलेटरसहित आठ बेडको बालरोग सघन उपचार कक्ष निर्माण गरी सेवा दिन थालिएको बताउनुभयो । सेवा सुचारु भएपछि बालबालिकाको स्वास्थ्य उपचारमा पोखरा र काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य भएको डा। मरासिनीले बताउनुभयो । पुतलीबजार नगरपालिका(३ कुमालगाउँमा रहेको अस्तालमा डा। विनोद गैरेको समूहले बालरोग विशेषज्ञ सेवा दिनेछ । बालविशेषज्ञ सेवा सुरु भएसँगै स्याङ्जा अस्पतालमा २८ दिनसम्मको बच्चालाई एनआइसीयु, १४ वर्षसम्मका बालबालिकालाई पीआइसीयु तथा वार्ड, ओपिडी सेवा सहज रुपमा पाउने छन् । १५ बेडको मान्यता पाएको जिल्ला अस्तालमा ६० बेडको सेवा दिइँदै आइएको छ भने १३ जना स्थायी कर्मचारीले सेवा दिँदै आएका छन् । यहाँ आँखा, दाँत, शल्यक्रियासहितको प्रसूति सेवा, हाडजोर्नी, फिजियोथेरापीसहितको विशेषज्ञ सेवा अस्पतालले दिँदै आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...