भोर्ले–दाहखानी सडकमा बजेट अभाव

Published on

काठमाडौं । चितवनको निर्वाचन क्षेत्र नंं. २ को पहाडी क्षेत्रमा जाने रणनीतिक सडकमा सरकारले बजेट नपठाएपछि एक वर्षदेखि निर्माण कार्य रोकिएको छ । सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले दिएको जानकारी अनुसार जिल्लामा सङ्घीय तीन वटा निर्वाचन क्षेत्रमा एउटा एउटा रणनीतिक सडक निर्माणका लागि योजना छ तर बजेटको अभावमा निर्माण कार्य ठप्प भएको छ ।

नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत भोर्लेदेखि चौकीडाँडा हुँदै दाहखानीसम्म जाने सडक निर्माणका लागि २०७९ असार २८ गते सम्झौता भएको थियो । दुई वर्षभित्रमा १५ किलोमिटर सडक निर्माण सम्पन्न गर्ने गरी १५ करोड ३७ लाख रुपियाँमा ठेक्का भएको सडकका लागि सम्झौता भएको आवमा बजेट आएन । निर्माण कम्पनीले तीन करोड रुपियाँभन्दा माथिको काम गरेको बिल भुक्तानी गर्न माग पेस गरेकोमा सो रकम निकासा नभएपछि गत आवमा विनियोजन भएर आएको रकम दिएर पुनः सम्झौता भएको थियो । कार्कीले भन्नुभयो, “काम गरेको रकम भुक्तानी नपाएपछि निर्माण कम्पनीले गत आवमा निर्माण गर्न मानेन । एक आवमा काम हुँदै भएन, चालु आवमा दुई करोड चालिस लाख रुपियाँ बजेट परेको छ, काम गर्नका लागि निर्माण कम्पनीलाई अनुरोध गरेका छौँ । अहिले वर्षाले गर्दा पहाडमा काम गर्न समस्या पर्छ, हिउँद लागेपछि काम गर्न लगाउने छौँ ।”

सडक निर्माणको सम्झौता म्याद सकिएको र म्याद थपका लागि प्रव्रिmया अगाडि बढेको इन्जिनियर कार्कीले जानकारी दिनुभयो । धार्मिक तथा ऐतिहासिक क्षेत्र चौकीडाँडा हुँदै दाहखानी जाने यो सडकको चितवनको पुरानो सदरमुकाम उपरदाङगढीसम्म ट्र्याक खोलिएको छ । शक्तिखोरबाट उपरदाङगढी हुँदै फिसलिङसम्म जोड्ने सडक निर्माण भइसकेको छ । धेरै स्थानमा कालोपत्रे सम्पन्न भएको यो सडकमा भोर्ले–दाहखानी हुँदै उपरदाङगढी निर्माण सम्पन्न भएमा यस क्षेत्रको विकाससँगै नयाँ पर्यटकीय क्षेत्रको विकास हुने पूर्वसांसद कृष्णभक्त पोखरेलले बताउनुभयो ।

यो सडक कम्तीमा पाँचदेखि धेरैमा सात मिटरसम्म चौडा बनाइने छ । सडक निर्माण पूरा भएपछि ठुला सवारीसाधन सञ्चालन गर्न कुनै समस्या नहुने इन्जिनियर कार्कीले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाका वडा नंं. २९ क्षेत्रमा निर्माण हुँदै गरेको सडक पहाडको बाटो हँुदै इच्छाकामना गाउँपालिका जोडिने गर्दछ । पहाडी क्षेत्रमा बाटो र बिजुलीको अभाव भइराखेको अवस्थामा सडक निर्माणले ग्रामीण क्षेत्रमा उत्पादन हुने कृषिजन्य उत्पादनले बजार पाउनेमा आशा जागेको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...