राष्ट्रपति पदका लागि पार्टीबाट पर्याप्त समर्थन छ : उपराष्ट्रपति ह्यारिस

Published on

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आसन्न राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीबाट उम्मेद्वार बन्न पर्याप्त समर्थन रहेको बताउनुभएको छ ।

आफ्नो पार्टीबाट उम्मेद्वार बन्न आवश्यक समर्थन पाउँदा गौरवान्वित महसुस गरेको छु । म चाँडै औपचारिक रूपमा मनोनयन स्वीकार गर्नेछुू, ह्यारिसले एक विज्ञप्तिमार्फत बताउनुभयो । डेमोक्र्याटिक पार्टीको बढ्दो दबाबका कारण अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार सन् २०२४ राष्ट्रपतिय चुनावी दौडबाट बाहिरिएको घोषणा गर्नुभएको हो । उहाँले पनि डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेद्वारका रूपमा ह्यारिसलाई आफ्नो पूर्ण समर्थन रहेको बताउनुभएको छ । ह्यारिसले पूर्व सभामुख न्यान्सी पेलोसीसहित धेरै प्रमुख डेमोक्र्याटिक व्यक्तित्वको समर्थन प्राप्त गरेको जनाइएको छ । रासस \ सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...