प्रेस स्वतन्त्रताको सीमा निर्धारण गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

Published on

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेस स्वतन्त्रताको सीमा निर्धारण हुनुपर्ने बताउनुभएको छ।

मंगलबारको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सीमा भित्र रहेर प्रेस र न्यायपालिकाले कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो। उहाँले सीमा भन्दा बाहिर केही नरहेको भन्दै लोकतन्त्रको पनि सीमा रहेको बताउनुभयो। उहाँले आवश्यक भन्दा बढी लोकतन्त्रको उपयोग गर्दा अराजकता जन्मने बताउनुभयो। प्रेसलाई छुनै हुँदैन भन्ने धारणाले विधेयक निर्माण गर्न नहुने उहाँले बताउनुभयो। मन्त्री गुरुङले प्रेस स्वतन्त्रतासँगै मर्यादित पनि हुनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘हामी सबै प्रेस फ्रिडमको कुरा गर्छौं। जुडिसियरीको फ्रिडमको कुरा गर्छौं। तर मलाई के लाग्छ भने हरेक चिजको आफ्नो लिमिटेशन हुन्छ। सीमा छ। सीमा भन्दा बाहिर दुनियाँमा कुनै चिज छैन। हाम्रो डेमोक्रेसी पनि आफैँमा लिमिटेशन छ। साह्रै धेरै डेमोक्रेसीको उपयोग गरियो भने अनारर्किजम सुरु हुन्छ। प्रेसमा, जुडिसियरीमा र लोकतन्त्रमा पनि अनारकिजम आउनु भएन। यसलाई सन्तुलित रुपमा लैजाऔँ। प्रेस काउन्सिलको विधेयकमा पहिलो बुझाइ के रहेछ भने त्यो बेलामा प्रिन्ट मिडियाको मात्रै कुरा हुन्थ्यो। प्रेस कसैले छुनै नसक्ने तरिकाले पनि लैजानुभएन। प्रेस स्वतन्त्रताको पक्षमा हामी सधैँ छौँ।’ समितिको बैठकमा बोल्दै नेपाली काँग्रेस राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले वर्तमान संविधानले पूर्ण प्रेस स्वतन्त्रता दिएको भन्दै प्रेस स्वतन्त्रतालाई थिच्ने नभइ प्रोत्साहन गर्नेगरी विधेयक आउनुपर्ने बताउनुभयो।

उहाँले सरकारको तर्फबाट मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा आधिकारिक धारणा आएपछि मात्रै दफावार छलफल गर्न सुझाव दिनुभयो। उहाँले भन्नुभयो, यो संविधानले दिएको अधिकार नै पूर्ण प्रेस स्वतन्त्रता हो। त्यसलाई थिच्ने होइन, प्रमोट गर्नेगरी विधेयक छ की छैन रु यस विषयमा मान्य मन्त्रीज्यूको धारणा सरकारको तर्फबाट हामीले सुन्न पाउनुपर्छ। विभिन्न कालखण्डमा हामी सबै सरकारमा र विपक्षमा पनि छौँ। हामीले प्रेस स्वतन्त्रतालाई एकदमै बचाउनेतर्फ मिडिया काउन्सिल विधेयक केन्द्रित हुनुपर्छ। समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रेस स्वतन्त्रताको अधिकार नियन्त्रण र कमजोर गर्नेगरी विधेयक ल्याउन नहुने बताउनुभयो। उहाँले सरकारले आफ्नो तर्फबाट विधेयकबारे आधिकारिक धारणा आएपछि मात्रै दफावार छलफल गर्न उचित हुने बताउनुभयो। विधायन व्यवस्थापन समितिमा मंगलबार मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल भएको हो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...