प्रसूतिगृहमा ताला

Published on

काठमाडौं । खार्पुनाथ गाउँपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रको प्रसूतिगृहमा ताला लागेको छ । निर्माण कम्पनीले प्रसूतिगृह भवन निर्माण गरेको जग्गाको मूल्य नतिरेपछि विद्यालय व्यवस्थापन समितिकै अगुवाइमा उक्त भवनमा ताला लगाइएको हो । थाली गाउँमा रहेको थाली आधारभूत स्वास्थ्य केन्द्रको प्रसूतिगृहमा ताला लगाउनु परेको अध्यक्ष अङ्कर जेठाराले बताउनुभयो । वडा नं। २ थाली गाउँमा रहेको शङ्कर माध्यमिक विद्यालय व्यवस्थापन समितिले निर्णय गरेरै गाउँमै भएको प्रसूतिगृहमा ताला लगाइएको उहाँले दाबी गर्नुभयो । निर्माण कम्पनीका स्थानीय प्रतिनिधि कर रावल र विद्यालय व्यवस्थापन समितिबिच विद्यालयको खाली रहेको जग्गामा प्रसूतिगृहको भवन निर्माण गर्ने र सो भवन निर्माण गरेबापत निर्माण कम्पनी पक्षले छ लाख ५० हजार रुपियाँ विद्यालयलाई दिने सहमति भएको थियो । सम्झौता अनुसारको रकम नदिएपछि हाल सञ्चालनमा रहेको प्रसूतिगृहमा ताला लगाइएको बताउनुभयो ।

विद्यालय अभिभावक सङ्घका अध्यक्ष सङ्केश रावलको नेतृत्वमा गएको टोलीले आधारभूत स्वास्थ्य केन्द्रको प्रसूतिगृहमा ताला लगाएको हो । उहाँले सहमति अनुसारको रकम विद्यालयलाई प्राप्त भएपछि हाल लगाइएको ताला खोलिने पनि उहाँले बताउनुभयो । दुईकोठे भवनको प्रसूतिगृहमा ताला लगाउँदा प्रसूति तथा गर्भवती महिलाका लागि सेवा ठप्प भएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...