डेढ महिनामा एक हजार ५९२ विपत् घटना: १३३ जनाको मृत्यु, ४८ बेपत्ता

Published on

काठमाडौं । मनसुन सुरु भएयताको डेढ महिनामा विपत्का घटनामा परी १३३ जनाको मृत्यु भएको छ । जेठ २८ गतेयता एक हजार ५९२ वटा विपत्का घटनामा १३३ जनाको मृत्यु भएको हो । घटनामा १४४ जना घाइते भएका छन् र ४८ जना बेपत्ता छन् । मृतक परिवारलाई व्रmमशः राहत उपलब्ध गराउने कार्य भइरहेको गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभएको छ ।

प्रतिनिधि सभामा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले विभिन्न विपत्का घटनामा १३० जनाको मृत्यु भएको जानकारी दिनुभएको थियो । त्यसपछि नेपाल प्रहरीले विवरण अद्यावधिक गरी १३३ जनाको मृत्यु भएको जनाएको छ । विपत्का घटनामा ५९४ पशु चौपायामा नोक्सानी पुगेको र २३१ घरमा क्षति पुगेको पनि मन्त्री लेखकले बताउनुभयो । ४३ वटा पुल भत्केका र दुई सरकारी भवनमा पूर्ण क्षति भएको जानकारी पनि उहाँले दिनुभयो । विपत्मा परेर चार हजार घरपरिवार विस्थापित भएकोमा एक हजार ५९ लाई सुरक्षित स्थानमा सारिएको र अन्य व्यक्ति आफ्नै घरमा फर्किसकेको पनि मन्त्री लेखकले जानकारी दिनुभयो ।

देशका ७७ जिल्ला नै विपत्बाट प्रभावित भएको र खोज तथा उद्धारमा नेपाल प्रहरीका सात हजार र सशस्त्र प्रहरीका करिब चार हजार सुरक्षाकर्मी खटिएको उहाँले जानकारी दिनुभयो । अधिकांश घटनामा नेपाली सेना पनि खोज र उद्धारमा खटिएको उहाँको भनाइ छ । १० दिनभन्दा बढीसम्म पनि फेला पर्न नसकेका बेपत्ता व्यक्तिको परिवारलाई राहत दिने सरकारको निर्णय अनुसार क्षतिपूर्ति दिने प्रक्रियामा रहेको पनि उहाँको भनाइ छ । घाइतेको उपचारमा तिनै तहका सरकार खटिएको र १४४ मध्ये पाँच जनाको अहिले उपचार जारी रहेको उहाँले जानकारी दिनुभयो । मन्त्री लेखकले सिमलताल बस दुर्घटनामा परेका ६२ मध्ये २४ जनाको शव फेला परेको र १९ जनाको पहिचान भई आफन्तले बुझेको बताउनुभयो । पाँच जनाको शव पहिचान हुन बाँकी रहेको र ४३ को खोजी कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । मन्त्री लेखकले सर्लाहीमा पूर्वभूमिसुधार सहायकमन्त्री रामचन्द्र रायको हत्याका विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सुरु गरेको बताउनुभयो । रायको घरमा काम गर्ने एक जनालाई सोधपुछका व्रmममा नियन्त्रणमा लिइएको र शङ्का गरिएका तीन जनाको खोजी कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै पूर्वमन्त्री वीरेन्द्र महतोले समकक्षताको प्रमाणपत्र लिनका लागि कर्मचारीलाई घुस दिएको भन्नेबारेमा छानबिन गर्न निर्देशन भइसकेको मन्त्री लेखकले जानकारी दिनुभयो । घटनाबारे आफूले जानकारी लिएको र कर्मचारी चिनाउन व्यक्तिगत रूपमा पनि आग्रह गरेको उहाँले सभामा जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...