‘राष्ट्रिय एकता सम्झौता घोषणा’ को संयुक्त राष्ट्रसङ्घीय प्रमुखद्वारा स्वागत

Published on

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बेइजिङमा १४ वटा प्यालेस्टिनी समूहले हस्ताक्षर गरेको विभाजन अन्त्य र एकता सुदृढीकरणसम्बन्धी घोषणापत्रको स्वागत गर्नुभएको छ ।

गुटेर्रेसले ‘प्यालेस्टिनी समूहले बेइजिङ घोषणापत्रमा हस्ताक्षर गरेको विषयलाई स्वागत गरेको’ राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसका प्रवक्ता स्टेफन डुजारिकले पत्रकारसँगको नियमित भेटका क्रममा प्रश्नहरूको जवाफ दिँदै जानकारी गराउनुभएको हो । सम्झौतालाई प्यालेस्टिनी एकतालाई अगाडि बढाउने महत्त्वपूर्ण कदम भन्दै डुजारिकले महासचिव गुटेर्रेसले सबै समूहलाई वार्ताको माध्यमबाट मतभेद पार गर्न प्रोत्साहन गर्दै घोषणालाई कार्यान्वयन गर्न आग्रह गरेको बताउनुभएको थियो ।

प्यालेस्टिनी एकताको खोजी गर्दै आएको बताउँदै महासचिव गुटेर्रेसले प्यालेस्टिनीको सुरक्षामा आत्मनिर्णय र पूर्ण स्वतन्त्रता लोकतान्त्रिक संलग्नताका लागि महत्त्वपूर्ण भएको जनाएको डुजारिकले जानकारी गराउनुभयो । यसै सन्दर्भमा गुटेर्रेसले चीनको कूटनीतिक प्रयास तथा प्रक्रियालाई सहज बनाउनमा संलग्न अन्य देशहरूको प्रयासको पनि प्रशंसासमेत गर्नुभएको छ । चीनको निमन्त्रणामा, प्यालेस्टिनी समूहका वरिष्ठ प्रतिनिधिहरूले जुलाई २१ देखि २३ सम्म बेइजिङमा मेलमिलाप वार्ता गरी विभाजनको अन्त्य र प्यालेस्टिनी राष्ट्रिय एकतालाई सुदृढ पार्न बेइजिङ घोषणापत्रमा हस्ताक्षर गरेका हुन् । राससरसिन्ह्वा

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...