जहाज दुर्घटनाबाट यात्रुको निधन भएकोमा संसदीय समितिद्वारा शोक प्रस्ताव पारित

Published on

काठमाडौं । संसदीय समितिले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले त्रिभूवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा यात्रुको निधन भएको भन्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले मृतकको परिवारप्रति समवेदना व्यक्त गरेको छ । त्यस्तै उद्धार गरिएको जहाजका पाइलट लगायतका घाइतेको शिघ्र उपचार गर्न पनि ध्यानाकर्षण गराइएको छ । बैठकले घाइतेको सु–स्वास्थ्यको कामना समेत गरेको छ । बैठकको निर्णयबारे जानकारी दिँदै समिति सभापति रामहरि खतिवडाले भन्नुभयो, ‘‘आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा जनधनको क्षति भएकोमा समिति शोक व्यक्त गर्दछ । मृतक परिवारमा समवेदना प्रकट गर्दछ । पाइलट लगायत उक्त घटनामा घाइते हुनेको शिघ्र उपचार होस् र सु–स्वास्थ्यको कामना कामना गर्दछ ।’’

बैठकमा बोल्दै सांसदले जहाज दुर्घटनामा जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरेका थिए । उद्धार र घाइतेहरुको उपचारको व्यक्त शिघ्र गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...