जहाज दुर्घटनाबाट यात्रुको निधन भएकोमा संसदीय समितिद्वारा शोक प्रस्ताव पारित

Published on

काठमाडौं । संसदीय समितिले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले त्रिभूवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा यात्रुको निधन भएको भन्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले मृतकको परिवारप्रति समवेदना व्यक्त गरेको छ । त्यस्तै उद्धार गरिएको जहाजका पाइलट लगायतका घाइतेको शिघ्र उपचार गर्न पनि ध्यानाकर्षण गराइएको छ । बैठकले घाइतेको सु–स्वास्थ्यको कामना समेत गरेको छ । बैठकको निर्णयबारे जानकारी दिँदै समिति सभापति रामहरि खतिवडाले भन्नुभयो, ‘‘आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा जनधनको क्षति भएकोमा समिति शोक व्यक्त गर्दछ । मृतक परिवारमा समवेदना प्रकट गर्दछ । पाइलट लगायत उक्त घटनामा घाइते हुनेको शिघ्र उपचार होस् र सु–स्वास्थ्यको कामना कामना गर्दछ ।’’

बैठकमा बोल्दै सांसदले जहाज दुर्घटनामा जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरेका थिए । उद्धार र घाइतेहरुको उपचारको व्यक्त शिघ्र गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...